अविरल परेको बर्षासंगै आएको पहिरोमा परी कास्कीका विभिन्न स्थानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
गए राति बर्षासंगै आएका पहिरोमा परी पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो ।
पोखरा –१९ पुरुनचौरका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा-३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related