बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई लायन्स डिष्ट्रिक ‘जे’ को आर्थिक सहयोग
तपाईको प्रतिक्रिया





बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई लायन्सले आर्थिक सहयोग गरेका छ ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालले अविरल बर्षासंगै आएको बाढी पहिरोले घर भत्कीएर ज्यान गुमाएका कास्कीको पुरनचौर र तनहुँको काउरेका पीडित परिवारलाई हयोग हस्तान्तरण गरिएको हो ।
अविरल बर्षाको कारण कास्कीको पुरनचौर स्थित तल्लाकोटमा गएको पहिरोबाट पीडित परिवारको घरमै पुगेर भेटघाट गरि राहत स्वरुप १ लाख सहयोग गर्ने गरि तत्काल काजक्रिया खर्चको लागि २५ हजार आर्थिक सहयोग गरिएको डिष्ट्रिक गभर्नर मिलन थापाले जनाकारी दिइन ।
पीडित परिवारका लागि सहयोगका लागि गण्डकी क्षेत्रका एरिया चिफ सुर्य प्रसाद बराल, डिजास्टर रिलिफ चिफ उर्मिला श्रेष्ठ लगायतको सक्रियतामा आर्थिक सहयोग प्रदान गरिएको डिष्ट्रिक सचिवालयले जनाएको छ ।
केही समयदेखि मनसुनी बर्षाका कारण बाढी पहिरोसंगै धनजनको ब्यापक क्षति भएसंगै डिष्ट्रिकले पीडितको सहयोगका लागि आर्थिक संकलन र सहयोग गरिरहेको छ ।
त्यसैगरी मंगलबार डिष्ट्रिकले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका –७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको गभर्नर थापाले बताइन ।
डिष्ट्रिक्ट गभर्नर थापा सहितको टोलीले मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै डिष्ट्रिक्ट गभर्नर थापाले बाढी पहिरोका कारण परिवारका सदस्य गुमाएर पीडामा रहेका मृतकका परिवारलाई तत्कालको राहत स्वरुप आर्थिक सहयोग गरिएको बताईन ।
थापाले अनिसा बाँस्तोलाका छोराको उच्च शिक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, असिष्टेन्ट चीफ एडभाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका ७ का वडाध्यक्ष खड्का लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।
Related