राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।प्रहरीले सरकारी वकिलमार्फत् थप ६ दिन हिरासतमा राख्न अदालतसमक्ष माग गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गरेका थिए ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए ।

Related