सहकारी ठगीका फरार अभियुक्त जीबी राईकाे राहदानी रद्द गर्न अदालतकाे आदेश
शुभेच्छा न्यूज /४ माघ २०८१, शुक्रबार २०:०१ , प्रकाशीत
सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ।
शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमाल बेलबासेको इजलासले गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईको राहदानी रद्द गर्न आदेश दिएको हो ।
पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रतिवादी रहेका राई विदेशमा रहेको आँकलनमा उनको राहदानी रद्द गर्न अदालतले राहदानी विभागलाई आदेश दिएको हो ।
राईलाई पक्राउ गर्न इन्टरपोलमा रेड नोटिस जारी गर्नुका साथै नेपाल प्रहरीले पटकपटक टोलीनै विदेश पठाएपनि उनलाई पक्राउ गर्न सकेको छैन ।
राईविरुद्ध पोखराको सुर्यदर्शन सहारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला आरोप छ ।

Related