• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव उपयोगी : प्रदेश प्रमुख भट्ट

  •    शुभेच्छा न्यूज  /१ चैत्र २०८१, शनिबार १६:२१ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन ।

    कार्यक्रमका प्रमुख अतिथि भट्टले निवृत्त शिक्षक समुदाय, कास्कीको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शिक्षण पेशालाई अझ बढि सामाजिक हैसियत प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको पाएको छु । हामीसँग विज्ञ शिक्षक छन्, राम्रा प्रशिक्षक छन् । सरकारका तीनै तहले सदुपयोग गरेर राष्ट्रहितमा शिक्षकका अनुभवलाई उपयोग गरी शैक्षिक गुणस्तर उन्नयनमा लगाउन आवश्यक छ ।’

    देशको कर्णधार तयार गर्ने र मुलुकका महत्वपूर्ण परिवर्तनहरुमा अहम् भूमिका निर्वाह गर्ने शिक्षकहरुले अवकासपछि पनि सम्माननीय र सुरक्षित जीवन यापन गर्नसक्ने राम्रो वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । शिक्षकको सम्मान नहुने समाजलाई उत्कृष्ट र शिक्षित समाज भन्न नसकिने उनको भनाई छ ।

    उनले भने, ‘प्रत्येक मानिसले जीवनभर कुनै क्षेत्रको सेवा गरेपछि जीवनका उत्तराद्र्धमा आर्थिक तथा हरेक कोणबाट आफू सुरक्षित बन्ने अपेक्षा राखेका हुन्छन् । सेवा निवृत्त शिक्षकहरुले आफ्नो परिचयपत्र बोकेर आफूले समाज र सिङ्गो देशलाई पु¥याएको योगदानप्रति गर्व गर्नसक्ने अवस्था निर्माण गर्नुपर्नेछ ।’

    प्रदेश प्रमुख भट्टले निवृत्त शिक्षकहरूले निजामति कर्मचारी सरह सेवासुविधा माग गर्दै आएकोबारे आफू जानकार रहेको बताउँदै शिक्षा ऐन संसद्को यही अधिवेशनबाट जारी गर्नेगरी संघ सरकारले काम अगाडि बढाइरहेको उल्लेख गरे । ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि निवृत्त शिक्षक समुदायहरूको पनि प्रमुख भूमिका रहने उनको भनाई छ ।

    प्रदेश प्रमुख भट्टले जीवनको १४ वर्ष आफू पनि शिक्षा क्षेत्रसँग संलग्न रहेको अनुभव बाँड्ेका थिए । निवृत्त शिक्षक समुदायले स्थापनकालदेखि नै संस्थालेसुधार र शिक्षक हकहितका लागि भएका थुप्रै प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थाहा पाउँदा खुशी पनि व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.