• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘नक्कली सहसचिव’लाई प्रहरी एस्कर्टिङ ! पोखरा पुगेपछि खुल्यो पोल

  •      /१४ फाल्गुन २०७५, मंगलवार १५:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा – आफूलाई सहसचिव बताउँदै प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याउँदै हिँडेका एक व्यक्ति पोखरामा पक्राउ परेका छन् ।

    राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको सहसचिव भएको बताउँदै प्रहरी र जनप्रतिनिधिलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले इलामका १७ वर्षीय सन्देश रम्तेललाई पक्राउ गरेको हो ।

    लेकसाइडको एक होटलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रम्तेलसहित उनका सवारी चालक संगम राईलाई समेत पक्राउ गरेको छ ।

    राष्ट्रिय बाल अधिकार संरक्षण समितिको सहसचिव भन्दै विभिन्न जिल्लामा प्रहरीलाई झुक्याएको र होटल तेन्जिङ हिलारीमा खाएको ३५ हजार रुपैयाँ नतिरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    उनले रातो नम्बर प्लेटको स्कोरपिओ भाडामा लिएर बा२झ १६६३ नम्बरको सेतो (सरकारी) नम्बर प्लेटको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र गुरुङले बताए । ‘आफूलाई सहसचिव भएको बताउँदै गाडीको नम्बर प्लेट समेत नक्कली बनाएर चलाएको अवस्थामा हामीले पक्राउ गरेका छौं,’ उनले भने, ‘रम्तेलको साथबाट अन्य कागजात समेत फेला परेका छन् । पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छाैं ।’ रम्तेलले २ दिनका लागि २५ हजार रुपैयाँमा गाडी भाडामा लिएर सेतो नम्बर प्लेट राखेको खुलेको छ ।

    यसअघि रम्तेलले गत माघमा लेकसाइडको तेन्जिङ हिलारी होटलमा २ कोठा बुक गरेर बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । रम्तेल र उनका चालकले प्रहरीलाई दिएको बयान अनुसार उनी जुन ठाउँमा पुग्छन्, त्यहीँ ठाउँमा प्रहरी कार्यालयमा फोन गरेर आफू सहसचित भएको बताउँदै बाटोमा एस्कर्टिङ माग गर्दै आएका थिए ।

    यसअघि उनलाई तनहुँमा प्रहरीले एस्कर्टिङ गरेको थियो । उनीहरूलाई कास्की प्रहरी, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले समेत सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।

    रम्तेलले आइतवार आफूलाई सहसचिव बताएर पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपन समेत लिएका थिए । उनले उपमेयर मञ्जुदेवी गुरुङलाई भेटेर गुरुङकै सिफारिसमा १० लिटरको कुपन लिएको प्रहरीसँग बयान दिएका छन् ।

    लेकसाइडमा होटल सञ्चालकलाई रम्तेलले पैसा नतिरेपछि उनले प्रहरीलाई उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सहसचिव बताउँदै ठगी गर्ने रम्तेलमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.