शुभेच्छा न्यूज संवाददाता
काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बमकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक युवा नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका सूर्य भुजेल (गोविन्द) रहेका छन् । शुक्रबार भएको बम विस्फोटमा १ जनाको ज्यान गएको थियो भने अरु २ जना घाइते भएका थिए ।
महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीले बम विस्फोटमा उनकै मुख्य भूमिका रहेको दाबी गरेको छ।
उनको संलग्नता रहेको पाइएपछि प्रहरीको ५ टोली खोजीका लागि परिचालन गरिएको थियो । आज कलंकीमा आफन्तको बिहेमा सहभागि रहेको भन्ने सूचना प्राप्त भएपछि त्यहाँबाट नियन्त्रणमा लिन सफल भएका छ।

Related