हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको निधन
/१५ फाल्गुन २०७५, बुधबार ०९:५२ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता पोखरा / एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ ।
ताप्लेजुङस्थित पाथिभरा दर्शन गरी तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्यनका लागि जाँदै गर्दा मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।
उक्त हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी सहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।
ताप्लेजुङकी सहायक सीडीयो गीताकुमारी राईका अनुसार सम्भावित घटनास्थल फुङलिङ नगरपालिका र फक्तालुङ गाउँपालिकाको बीचमा पर्छ ।
सदरमुकाम फुङलिङ बजारबाट उक्त स्थान करीब ३ घण्टाको दूरीमा रहेको सहायक सीडीयो राईले बताइन् ।सीडीयो अनुज भण्डारी र डीएसपीसहितको टोली घटनास्थलतर्फ गएको छ ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा / एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ ।

Related