पोखराको बिजय पुरमा बम बिष्फोट पत्रकार पाण्डे सहित प्रहरी घाईते
/८ फाल्गुन २०७४, मंगलवार ०६:५३ , प्रकाशीत
पोखरा, फागुन ८ । पोखराको बिजयपुर खोलामा टाईम बम बिष्फोट हुदा पड्किदा पत्रकार घनश्याम पाण्डे सहित एक प्रहरी घाईते भएका छन् ।
शंकास्पद बस्तु फेलापरेपछि रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएकाछन्। बिष्फोटमा अन्य दुई जनापनि घाईते भएको बताईएकोछ तर, उनीहरुको परिचय खुलेको छैन ।
विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो ।
यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर पुगेको छ । पत्रकार पाण्डे गण्डकी मिडिया हाउस अन्तर्गत रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् । पाण्डेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याईएको छ ।
त्यसैगरी पोखरा लेखनाथ महानगरपालिकाको नागढुंगामा फेलापरेको बिष्फोटक पदार्थलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रीय पारेको छ। निलो रंगको जेब्रा झोलाभित्र तारले बेरर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको थियो ।

Related