ट्राइ ब्रेकरमा आर्मीलाई ४—५ गोल अन्तरले हराउंदै थ्रीस्टारले चुम्यो, आहारारा’ गोल्डकपको उपाधी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संवाददाता
पोखरा । रंगशालामा जारी १७ औं संस्करणको ‘आहारारा’ गोल्डकपको उपाधी थ्रीस्टारले जितेको छ । शनिवार पोखरामा रंगशालामा भएको रोमान्चक खेलको ट्राइ ब्रेकरमा रुस्लान थ्रीस्टारले त्रिभुवन आर्मीलाई ४—५ गोलले पराजित गरेको हो ।थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै ५ औं पटक आहारारा गोल्डकपको उपाधि जितेको हो।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा २÷२ को गोलको बराबरी र पेनाल्टी सुटआउटमा ४÷४ को बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।सडन डेथमा विकास खवासको पेनाल्टीलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले जोगाउँदै उपाधि चुम्न सफल भएका हुन्।
थ्रीस्टारका मिचेन तामाङको पेनाल्टी गोल भएपछि थ्रीस्टारले विजयी बनेको हो । ५ औं, ९ औं, ११ औं र १३ औं सस्करणको उपाधि जितेको थ्रीस्टारले गत वर्ष भने नेपाल पुलिस क्लबसँग उपविजेतामा चित्त बुझाएको थियो ।
पेनाल्टी सुटआउटमा आर्मीका लागि विकेश कुथुको प्रहारलाई एलन न्यौपानेले सुरक्षीत गरेका थिए। थ्रीस्टारका शुशिल राईले प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेर फर्किएपछि निर्णय सडन डेथमा पुगेको थियो । त्यसभन्दा अघि पेनाल्टीमा आर्मीका भरत खवास, जज प्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । थ्रीस्टारको तर्फबाट रन्जित धिमाल, रुपेश केसी, विक्रम लामा र अनन्त तामाङले प्रहार गरेको बल पेनाल्टी गोलमा परिणत भएको थियो ।
खेलको पाँचौ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकी गोलले अग्रता दिलाएको थियो । थ्रीस्टारले पहिलो हापको ४५ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । रन्जित धिमालले गोल गर्दै खेल पहिलो हाफमा बराबरीमा ल्याएका थिए ।
थपिएको समयको पहिलो हाफको अन्तिममा आर्मीले फेरी अग्रता लिएको थियो ।थपिएको १५ औं मिनेमा गोल गर्दै अग्रता कायम गरेको आर्मीले फ्रिकिकलाई सदुपयोग गर्न सफल भयो। आर्मीका सन्तोष तामाङले हानेको फ्रिकिकलाई थ्रीस्टारका कप्तान विक्रम लामाको हेडटच हुदैं बल भित्र छिरेपछि आर्मीले फेरी अग्रता लिन सफल भएको थियो।
१० खेलाडीमा सिमित थ्रीस्टारले २२ औं मिनेटमा फ्रिकिकलाई गोल गर्दै बारबरी बनाएको थियो। उपाधि जितेसँगै थ्री स्टार क्लबले नगद ८ लाख १ हजार नगद तथा नेपाल आर्मीले दोस्रो हुँदै ४ लाख १ हजार नगद, ट्रफी र मेडल हात पारेको छ ।खेलमा म्यान अफ दि म्याच जर्सी नं. १९का एलन न्यौपाने भएका छन । न्यौपानेले नगद १० हजार र ट्रफी हात पारेका छन् ।
यस्तै सर्वाधिक गोलकर्ता थ्रीस्टारका जर्सी नं. १० का अनिल गुरुङले नगद २५ हजार ट्रफि र प्रमाण–पत्र प्राप्त गरेका छन् ।विजयी खेलाडी तथा टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशबबहादुर विष्ट, लगाएतले पुरस्का वितरण गरेका थिए ।
Related