फेवातालमा प्याराग्लाईडिङ खस्यो, एक रोमानियाली पर्यटकको मृत्यु
/१९ फाल्गुन २०७५, आईतवार ०७:२९ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा । प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । विहान ११ बजेतिर उडान भरेको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीले जनाएको छ ।
प्याराग्लाडिङ दुर्घटनामा परि रोमानियाकी अन्दाजी ४२ बर्षिया ईदेसिस जेडर रहेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।तालमा खसेको प्याराग्लाडिङको र मान्छेको बाराही घाटमा अवस्थित मोटरबोट सहितको टोलीले उद्धार गरेको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका उनलाई मेट्रोसिटी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

Related