पोखराको काउरे अमरेश्वर क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउन सांसद बरालको आग्रह
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
लामाचौर /पोखरा महानगरपालिका वडा न १९को काउरे स्थित अमरेश्वर महादेव मन्दिर रहेको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा गण्डकी प्रदेश साँसद रामजी वराल जिवनले जोड दिएका छन ।
महाशिवरात्रीको अबसरमा स्थानिय युवा जागृति क्लवले अमरेश्वर मन्दिर परिसरमा आयोजित बृहत भजन किर्तन प्रतियोगितामा बोल्दै साँसद बरालले राज्यले लगानि प्रतिफलका लागि गर्ने र त्यो प्रतिफल यहाँ स्थापना हुने पर्यटनले दिने हुनाले अमरेश्वर क्षेत्रको पर्यटन विकासका लागि प्रदेश सरकार ले पहल गर्ने बताए ।उनले धर्मलाई आस्थाको विषय भएकाले त्यहि अनुसार बुझ्न आग्रह गर्दै साँसदले पुनरुत्थानवादि तत्वले धर्मका नाममा राजनिती गर्ने प्रयास गरेको बराए ।
कार्यक्रममा बोल्दै युवा सँघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका मदनभण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष माधव वास्तोलाले काउरे अमरेस्श्वर क्षेत्रलाई सुविधा सम्पन्न धार्मिक पर्यटकीय क्षेत्रको विकास सँगै सडक सन्जालको पहुँचमा पुर्याउने लक्षका साथ काम शुरु गरिन लागेको बताए ।उनले यश क्षेत्रको पौराणिकतालाइ बचाउँदै यसको महत्त्व झल्काउने हिसावले पुनर्निर्माणको काम अगाडी बढाउन लागिएको बताए ।
पोखरा महानगरपालिका वडा न १९ का अध्यक्ष शोभा मोहन पौडेलले वडा मा रहेका सम्पदाको सँरक्षण गर्दै पर्यटन पुर्वाधार र सडकको सुविधा सम्पन्न पहुच पुर्याउँदै काउरे अमरेश्वर क्षेत्रको पर्यटन विकासको गुरु योजना वडाले तयार पारेर काम शुरु गर्ने बताए ।
उनले यो क्षेत्र प्राकृतिक सम्पदा विभिन्न जरिबुटि लगाएत अनेकौँ जैविक विविधताको क्षेत्र भएकाले ती वस्तु हरुको सँरक्षणमा स्थानिय निकायको प्रयासलाई सहयोग गर्न सबैलाइ आग्रह गरे ।
स्थानिय समाजसेवि नारायण वास्तोलाले अमरेश्वर क्षेत्रमा एक सय आठ वटा पिपल रोप्ने र सँरक्षणको कार्य शुरु गरेर यो क्षेत्रको पर्यावरणजोगाउने कार्य गर्न लागेको बताए ।
क्लवका अध्यक्ष वसन्त वास्तोला को अध्यक्षता र महासचिव सुजन बास्तोलाको सन्चालनमा भएको कार्यक्रम मा सविन जिसी,दिपक वास्तोला ,भगवान वास्तोला ,लगाएतले बोलेका थिए ।
सोहि कार्यक्रममा आयोजित भजन किर्तन प्रतियोगिता मा धर्म जागरण भजन समूह पात्ले प्रथम,नारायण प्रसाद वास्तोला काउरे द्दितिय ,कल्याण आमा समुह काउरे तृतिय ,र गँगा प्रसाद वास्तोलाको समुह काउरेले सान्त्वना स्थन हासिल गरेका थिए ।
Related