मन्त्री रवीन्द्रको स्मृतीमा थामिएन् आँसु,सपना पुरा गर्ने सवैको संकल्प
/२१ फाल्गुन २०७५, मंगलवार १४:४५ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा / मँगलबार विहान रविन्द्र कमरेडको घर पुग्दा त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न पुगेका हरेकका मन चिसा मात्र थिएनन आँखा समेत भिजेका थिए ।सातौँदिनमा नै रविन्द्र कमरेडको काज किरिया सकाइएको थियो र पार्टीले श्रद्धाञ्जली सभाको आयोजन गरे सँगै सँस्कारको काम सकिएको थियो ।
त्यसो त फागुन १५ गते रविन्द्र कमरेडको हेलिकप्टर दुर्घटनामा निधन भएको खवरले मन भित्र कताकता दुखेजस्तो भएको थियो र त्यो पिडाले पोलि रहन्थ्यो ।
कतै रविन्द्र कमरेडका कुरा चलि हाले पनि म यी दिनहरुमा आँशु लुकाएर निरसता मा बोल्ने गरेको छु ।
मैले पाल्पामा पढ्ने बेला देखि ने रविन्द्रको विध्यार्थि राजनितिको चर्चा सुन्थे म पनि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा प्रगतिशिल विध्यार्थि भएकाले पनि वहाप्रति मेरो चासो रहनु स्वाभाविक थियो ।पछि समयले पोखरा झरे पत्रकारितामा होमिदा पटक पटक रवीन्द्र कमरेड सँग भेटघाट चिनजान हुँदै साथि पनि बनियो ।
अझे पछिल्लो पटक मन्त्री बनिसकेपछि हरेक पटक पोखरा आउँदा मित्र अर्जुन अधिकारी मार्फत रविन्द्र कमरेड सँग नजिक हुने मौका पाएँ ।पोहोर साल लामाचौर तिज महोत्सवमा रविन्द्र कमरेडले बाटुले चौर र लामाचौरको साँस्कृतिक महत्व ,यो क्षेत्रको तिजको इतिहासको व्याख्याले साँस्कृतिक उत्थानमा रविन्द्र कमरेड लगाव झल्केको थियो ।
वहाँकै प्रयासमा लामाचौर र बाटुलेचौर क्षेत्रका शुक्ला साहित्य प्रतिष्ठान ,गन्दर्भ विकास समाज ,अकला मन्दिर ,घार्मी भ्यु टावर ,ठुलि पोखरि सँरक्षण ,बाटुलेचौरको चमेरे गुफा ,महेन्द्र गुफालगाएत सेती वारिका अनेकौँ विकास निर्माण साँस्कृतिक सम्पदा सँरक्षणका काम भइरहेको छ ।
तर समयले अव हामीलाई टुहुरो पारेको छ ।श्रद्धाञ्जली सभामा विध्या भाउजुले रोदन सँगै रविन्द्रको बाँकि कार्यभार सम्हाल्ने कुरा गरिरहँदा म एउटा कुनामा उभिएर धर्धर्ति रोँए ।हो अब रविन्द्र हाम्रो माझमा स्मृति बनेर रहनु भयो हामिले चाहेर पनि अव वहाँलाइ फर्काउन सक्दैनौ यदि हामीले फर्काउन सक्ने भए हाम्रो आत्म शरिरका अँग वहालाइ दिन्थ्यौँ ।तर त्यो सम्भव थिएन ।
साँझ बाटुले चौरमा पुगे त्यहाँका कमरेड हरुले दिप प्रज्वलन गर्दै रविन्द्र कमरेड लाई श्रद्धाञ्जली अर्पण गर्दै हुनुहुँदो रहेछ ।त्यहाँका पार्टि सँयन्त्रका जगन्नाथ तिमिल्सिनाले भन्दै हुनु हुन्थ्यो अव रविन्द्र कमरेड हामी सँग हुनुहुन्न तर सबै युवा हरुले वहाँको सदगुण लाई आफुमा समाहित गर्दै वहाँ जस्तै वन्नु पर्छ भनिरँहदा रविन्द्र कमरेडको तस्विर तिर हेरेँ उहि मुस्कान र उहीँ भाव लाग्यो कतै भर्खर बोल्नु हुन्छ कि तर तस्विर निर्जिव थियो ।
कमरेड रविन्द्रको सम्झनामा उन्पचास मैनबत्ति बल्दै थिए पानी परिरहँदा र हावा चलिरहँदा पनि बत्ती बलिरहे र लाग्यो रविन्द्र कमरेड पनि मन भित्र त्यहि बत्ती झै अनन्त सम्म बलि रहनु हुनेछ ।
अलविदा कमरेड ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा / मँगलबार विहान रविन्द्र कमरेडको घर पुग्दा त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न पुगेका हरेकका मन चिसा मात्र थिएनन आँखा समेत भिजेका थिए ।सातौँदिनमा नै रविन्द्र कमरेडको काज किरिया सकाइएको थियो र पार्टीले श्रद्धाञ्जली सभाको आयोजन गरे सँगै सँस्कारको काम सकिएको थियो ।

Related