गण्डकी मेडिकल कलेज सञ्चालक अर्यालसहित कर्मचारीलाई पक्राउ पुर्जी जारी
/२२ फाल्गुन २०७५, बुधबार १६:०३ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा – गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको छ।
सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि अदालतको अनुमति लिएर जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्म, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे,प्रशासनका दिनेश पौडेल ,कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, लक्ष्मणप्रसाद शर्मा विरुद्ध पक्राउ पुर्जी जारी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।
उनीहरुविरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो। यसका साथै विद्यार्थीले आज बुधबार थप १० जनाविरुद्ध पनि उजुरी दिएका छन्। उनीहरु विरुद्ध कलेजको एमविविएस अध्ययनरत ३ विद्यार्थीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए भने बुधबार नर्सिङ तर्फका १५ जना विद्यार्थीले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गराएका छन् ।
मनपरी शुल्क असुलीविरुद्ध करिव एक महिनादेखि आन्दोलनरत विद्यार्थीहरुले आफ्नो माग पूरा नभएपछि कानुनी बाटो खोजेका हुन् । सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ।
विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका थिए। विद्यार्थीले मंगलबार सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।

Related