शुभेच्छा न्यूज संवाददाता पोखरा।सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतीको पालना भएमात्र मुलुक समृद्ध बन्न सक्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा निर्मित दुर्गा बहुउद्येश्यिय भवनको आज एक समारोहका विच उद्घाटन गर्नुहुँदै साँसद केसीले सो कुरा बताएका हुन्।
उनले समृद्ध भनेको भौतिक विकास मात्र नभएर आध्यात्मिक चिन्तन समेत भएको बताए। सकारात्मक सोंचबाट थालनी गरिएका हरेक क्षेत्रमा सफलता मिल्ने बताउदै केसीले मातृशक्तिको एकता र क्रियाशिलताले समाज परिवर्तनमा झनै योगदान पुग्ने बताए।
५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन निर्माण कार्यमा सहयोग गर्ने दातालाई समेत उनले सम्मान गरेका थिए। साँसद केसीले मुलुकको विकास गर्न सरकारले प्रतिपक्षसंग सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए।
सांसद केसीले नेपालको असंलग्न परराष्ट्रनीतिलाई आत्मसात गरेर अगाडी बढेको बताउदै दुई छिमेकी मुलुकहरु बीचको सम्बन्धलाई प्रगाढ बनाउँदै अन्य मुलुकहरुको कुटनीतिक सम्बन्धलाई विस्तार गरिनुपर्ने बताए ।
कार्यक्रममा भवन निर्माणका लागि केसीले २ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन्। वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले वडाको विकासका लागि निर्माण गरिएका सामुदायिक भवलनले समाजमा समाजिक सद्भावलाई अझै मजदुब बनाउने बताए। उनले यसवर्ष मात्र सडक शिक्षा खानेपानीमा १५ करोड खर्च गरिएको बताए।
्भगवति हाइड्रोपावरका निर्देशक बसन्तमोहन भटराइले सामाजिक भवन निर्माण मात्र नभएर यसको उपयोग र संरक्षणमा पनि समुदायनै लाग्नुपर्ने बताए।
दुर्गा बहुउद्येश्यि आमा समुहका अध्यक्ष कन्या गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बत्ति गुरुङ्गले गरेकी थिइन्।
सो कार्यक्रममा ९३ वर्षका मेजर अमरबहादुर गुरुङ्गले भवन निर्माणार्थ नगद १ लाख हस्तान्तरण गरेका थिए।
शुभेच्छा न्यूज संवाददाता
पोखरा ।सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतीको पालना भएमात्र मुलुक समृद्ध बन्न सक्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा निर्मित दुर्गा बहुउद्येश्यिय भवनको आज एक समारोहका विच उद्घाटन गर्नुहुँदै साँसद केसीले सो कुरा बताएका हुन्।

Related