शुभेच्छा न्यूज संवाददाता
पोखरा।पोखरा महानगरपालिकाका वडा कार्यलयहरु चोरको निशानामा पर्न थालेका छन्। महानगरकामा एक पछि अर्को वडा कार्यालयमा चोरी हुने क्रम रोएको छैन।
केही दिन पहिले पोखरा महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा चोरी भएको थियो। फेरी पोखरा १३ को वडा कार्यालयमा बिहीबार राती चोरी भएको छ । कार्यालयबाट करीब २ लाख बराबरको समान चोरी भएको अडाअध्यक्ष दर्शन लामाले बताए।
उनका अनुसार चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरी गरेका छ । चोरले सिसिक्यमेरालाई डिस्कनेक्ट गरेर चोरी गरेको अध्यक्ष लामाले बताए। ‘सिसिक्यामेर डिस्कनेक्ट गर्नु अगाडीको सिसिटिभीको फुटेजमा एकजना मात्र चोर देखिएको छ’ उनले भने। ‘तर एकजनाले मात्र त्यत्रो समान एक्लै लग्न सक्दैन।अन्यको पनि संलग्नता हुनु पर्छ।’
कार्यलयको चोरी भएको विहान सरसफाई गर्न पुगेकी कर्मचारीले देखेपछि वडा अध्यक्ष लामालाई जानकारी गराएकी थिइन । त्यस लगत्तै अध्यक्षले प्रहरीलाइ जानकारी गराएका थिए ।
घट्नाको जानकारी पाएपछि पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको छ। पटक पटक वडा कार्यालयमा बड्दै गएको चोरी एकै प्रकारको भएपनि गिरोह पक्राउ परेको छैन।
पोखराका करिब आधादर्जन वडा कार्यलयहरु एकपछि अर्को गर्दै चोरको निशानमा पर्दा समेत कास्की प्रहरीले अहिले सम्म कसैलाई पक्राउ गर्न सकेको छैन।

Related