वैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा अज्ञात वस्तु विस्फोट
/२४ फाल्गुन २०७५, शुक्रबार १५:२९ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
काठमाडौं : वसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोशन गुरुङको घरमा अज्ञात वस्तु विस्फोटबाट आगलागी भएको छ। गाडीभित्र राखिएको अज्ञात पड्किएर आगलागी सुरु भएको महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंले बताए।
उनका अनुसार सुरक्षाकर्मी र दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट गुरुङको गाडी पूर्ण रूपमा ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ।
बम विस्फोट भएको हुन सक्ने आशंका गरिएको भएता पनि आगो नियन्त्रणमा लिएर अनुसन्धानपछि मात्रै एकिन हुने प्रहरीले जनाएको छ।

Related