• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश सरकारले क्रिकेट खेलाडी करणलाई सम्मानस्वरुप एकलाख दिने घोषणा

  •      /९ फाल्गुन २०७४, बुधबार ११:०२ ,  प्रकाशीत
  • पोखरा । नेपालाको तर्फबाट डिभिजन टूमा क्यानडाविरुद्धको खेलमा एक विकेटको सनसनीपूर्ण जित निकालेर चर्चीत बनेका राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारले सम्मान स्वरुप एक लाखरुपैयाँ दिने भएकोछ। ।
    पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका हुन् ।
    यस अघिपनि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै कार्यक्रम गरेर जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
    कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने बताए। ‘खेलाडीको मेहनत र परिश्रमले मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन सफल भएकोछ’ उनले भने। ‘खेलकुदको बिकास गर्न आगामी दिनमा सरकारले पोखरा रंगशालालाई अन्तर्रा्ष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गर्नेछौं।,पोखरालाई खेलकुदको शहरकोरुपमा बिकास गर्न सरकार लागी पर्नेछ।’
    मन्त्री बस्नेतले नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलताको कामना समेत गरेका थिए।
    खेलाडी करण केसीले सम्मानले आफूलाई खेलकुदमा जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताउदै नेपाली क्रिकेटको क्षेत्रमा रहेका थुप्रै समस्याको निराकरण गर्न सरोकारवालालाई आग्रह गरे। ‘क्रिकेट संघको आन्तरिक खिचातानीको शिकार खेलाडी हुनु परेकोछ,उनले भने। ‘जबसम्म क्रिकेटले असल नेतृत्व र आन्तरिक विवाद मिल्दैन, तबसम्म खेलाडीको आत्मबल क्रिकेटको विकास हुनसक्दैन।’
    जितेर आएपछि पाएको नगदले ऊर्जा थपेको बताउदै निरन्तर ऊर्जाका लागि खेकुदको विकासमा सरकारको बिशेष योजना र लगानी आवस्यक रहेकाउनी बताउँछन् । ‘खेल जितेर आउँदा मात्रै पैसा दिएर हुँदैन, सधैं जित्ने बनाउनका लागि लगानी चाहिन्छ’ उनले भने, ‘तब,मात्र राम्रो खेलाडी उत्पादन हुन सक्छ।’
    क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए। ‘स्रोत साधनको कमी र खेलाडीलाई प¥याप्त पूर्वाधार र सेवा सुविधा बिनै खेल क्षेत्रले कठीन मोडमा गुज्रीएकोछ ’उनले भने ।‘तर,पनि खेलक्षेत्रले महत्वपूर्ण उपलब्धी हासिल गरेकोछ।’
    कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्पmबाट खेलाडी करणलाई रु १५ हजार नगदले सम्मान गरिएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.