शुभेच्छा न्यूज संवाददाता पोखरा ।गुल्मेली समाज पोखराले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।समाजको वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन गरिएको गुल्मेली समाजका अध्यक्ष नेत्र ज्ञवालीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र वैंक पोखराका प्रमुख पोम नारायण गौतमले रक्तदान जस्तो अमुल्य कामले अरुको जीवन रक्षा गर्ने मानवीय कार्य गरेको भन्दै प्रसंसा गरे।
उनले सामाजिक सेवाका साथै सवै गुल्मेलीलाइ एकताको सांग्लोमा वांध्दै गुल्मेली समाजले गरेको काम उत्कृष्ठ रहेको वताए ।समाजको १६ औं रक्तदान कार्यक्रम सहभागिहरुलाई समाजका अध्यक्ष नेत्र ज्ञवालीले धन्यवाद ज्ञापन गरे ।
विक्रम सम्वत २०३८ सालमा गुल्मीवाट पोखरामा आई व्यापार व्यवसाय ,जागिर तथा वसोवास गर्ने गुल्मेलीहरुको पहलमा गुल्मेली समाजको गठन गरिएको थियो ।
हाल गुल्मेलि समाजमा करिव ५ सय भन्दा वढि सदस्य रहेका छन भने रेसुंगा सहकारी संस्था समेत गुलमेली समाजले सञ्चालन गरेको छ ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा । गुल्मेली समाज पोखराले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।समाजको वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन गरिएको गुल्मेली समाजका अध्यक्ष नेत्र ज्ञवालीले जानकारी दिए ।

Related