• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुलुकमा अब कुनै किसिमको युद्धको आवस्यकता छैन ; अध्यक्ष प्रचण्ड

  •    शुभेच्छा न्यूज संवाददाता  /२७ फाल्गुन २०७५, सोमबार १२:१७ ,  प्रकाशीत
  • पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकमा कुनै किसिमको युद्धको आवस्यकता नरहेको बताएका छन्।

    सोमबार प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले जनयुद्धको नक्कल गरेर फेरी मुलुकमा नयाँ ब्यवस्था ल्याउन सम्भब नरहेको बताएका हुन्।

    विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको बताउदै अध्यक्ष दाहालले आफुहरुले जनयुद्ध शुरुगरेको परिस्थती र अहिलेको अबस्था फरक रहेको बताए। ‘झण्डैं दुइदशक अधिको अवस्था र हालको अवस्थालाई नजर अन्दाज गरेर काम गर्दा पार लाग्दैन’उनले भने । ‘मैले बिप्लव जीहरुलाई राम्रो संग चिन्दछु। उनले लामो समय सम्म म सगँ सचिब भएर काम गरेका हुन।’

    उनले त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै परिर्वतन आएको बताए । ‘समय फेरियो, परिस्थी र ब्यवस्था फेरियो,अब त्यतीबेलाको नक्कले गरेर पार लाग्दैन’ उने भने। अब आन्दोलन र युद्ध छाडेर अहिलेको संघिय गणत्रन्त्रको अवसरलाई उपयोग गर्नुहोस् ।’

    उनले वार्ता सम्बादबाट समस्या समाधान गरे मुलधारको राजनीतिमा आउन चन्दलाई सुझाब दिए । पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रह गरे ।जनमत संग्रहको सम्झौता नभएको बताउदै अध्यक्ष दाहालले सम्झौता अनुसार नचले सरकारले एक्सन लिने बताए ।

    अध्यक्ष दाहालले अर्को प्रसंगमा स्वं रवीन्द्र अधिकारीकी धर्मपत्नी बिद्या भट्टराइलाई कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने संकेत गरे।

    उनले पार्टीमा औपचारिक छलफल नभएको भन्दै सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए। ‘निर्वाचनको कुरा पार्टीमा औपचारिक ढंगले चलेको छैन । मिडियामा बामदेव जीको सन्दर्भ पनि आयो । वहाँले क्लियर गर्नुभएको छ ’उनले भने ।‘ रवीन्द्रका परिवार राजनीतिक भएकोले त्यहीबाट उम्मेदवार बन्न सक्छन्, जिल्लाका साथीहरुले सिफारिस गर्नुहोला ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.