• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा विकासको जागरण शुरू भइसक्यो : मुख्यमन्त्री गुरुङ

"पोखराको अर्मलामा मुख्यमन्त्री गुरुङद्धारा होमस्टे उद्धाटन "
  •    शुभेच्छा न्यूज संवाददाता  /२८ फाल्गुन २०७५, मंगलवार ११:५८ ,  प्रकाशीत
  • कास्की । पोखरा महानगरपालिकाको अर्मलामा होमस्टे शुरु गरिएको छ। महानगरपालिकाको वडा नं १६ अर्मला कोटमा सञ्चालनमा आएको होमस्टेको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्धाटन गरेका छन्।

    होमस्टेको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा बिकासको जागरण शुरु भएको बताए। गण्डकी प्रदेशले होमस्टे सञ्चालन गरेका स्थानहरुमा पुग्दा स्वर्गमा पुगेर टहलिएको अनुभुती हुने गरेको उनले बताए।‘होमस्टेले स्वर्गमा टहलिएको प्रत्याभूतीसंगै गरिबी निवारण र स्वरोजगार बढाउन सहयोग पु¥याएको छ’ मुख्यमन्त्री गुरुङले भने । ‘आफ्नो थाकथलोमामा बसेर स्वरोजगार बन्दा गाउँनै गुल्जार मात्र बनेको छैन। गाउँ छोडेर विदेशी भूमीमा पसिना बगाइरहेका युवालाई गाँउ सम्झेर बाडुल्की लाग्न थालेकोछ।’

    मुख्यमन्त्री गुरुङले प्रदेश भित्र प्रकृतीले दिएका अनुपम सुन्दर सम्पदालाई आर्थिक समृद्धी तर्फ लगाएर त्यसको अधिकतम प्रयोग मार्फत आर्थीक समृद्धी संगै संस्कृतीको जर्गेना गर्दै अघि वढ्नुपर्ने बताए।

    उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानहरुमा ३ सय होमस्टे सञ्चालन गर्ने योजना बनाएको बताउदै हाल सम्म २ सय ३८ होमस्टे सञ्चालनको अवस्थामा पुगेको बताए। ‘सरकारको छनौटमा परेका होमस्टेका लागि १० लाखका दरले बजेट विनियोजित गरिसकेको छौं’ मुख्यमन्त्री गुरुङले भने।‘होमस्टे सञ्चालनको स्विकृती पाएकालाई पहिलो किस्ता वापत ४ लाखका दरले रकम उपलव्ध गराइएको छ।

    मुख्यमन्त्री गुरुङले होमस्टे सञ्चालकलाई आवश्यक तालिम र प्रविधिका वारेमा बिशेष सहयोग गर्ने बताउदै प्राकृतिकरुमा सुन्दर यस अर्मला क्षेत्रलाई पर्यटकिय गन्तब्यकोरुपमा बिकास गर्न चाहेको बताए।‘पूर्वाधारको प्रदेश सरकारले गर्छ, यसको ब्यवस्थापन र ब्यवसायीकतामा तापाईहरुले वातावरण बताउनोस्’उनले भने ।

    मुख्यमन्त्री गुरुङ अर्मलामा स्थापना गरिएको ‘खेपना प्रतिष्ठान’द्वारा १ करोडको लागतमा निर्मित ‘खेपना स्मृती बहुउद्धेस्यिय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उद्घाटन गरेका थिए । उक्त भवनमा होमस्टे सञ्चालन हुने छ। पहिलो चरणमा करिब १ दर्जन पाहुँनाहरु बस्न मिल्लने गरी सो भबनबाटै होमस्टे शुरु गरिएको छ भने गाउँका अन्य ५ घरमा समेत होमस्टे सञ्चालनमा आएकोछ।

    प्रदेश सांसद कृष्ण थापाले प्रदेश सरकारले जनताको आय ५ वर्षमा ५ हजार डलर पु¥याउने उदेस्यका साथ स्थानीय स्तरमै आयआर्जनका कार्यक्रमहरु अगाडी बढाईरहेको बताउदै अर्मलाको सडकलाई सुधार गर्न सिआईआरपि परियोजना अन्र्तगत काम अघि बढाएको बताए ।

    प्रदेशका अर्का सासंद बिन्दु कुमार थापाले अर्मलाको सडकलाई स्तरउन्नती गर्न सके यस क्षेत्रको बिकासमा कायापलट गर्न सकिने बताए। ‘सडकको स्तरउन्नती संगै अर्मलालाई कृषी पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ’ थापाले भने। ‘यसकालागि स्थानीयको सक्रियता र पूर्वाधार बिकास आवस्यक छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.