पोखरा। कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको छानबिनमा लापरवाही गरेको र नक्कली अभियुक्त बनाउन यातना दिएको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व अधिकारी र कर्मचारीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।
घटना अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र लापरवाही गरिएको भन्दै निर्मलाकी आमा दूर्गादेवीले तत्कालीन प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दाको थुनछेक बहसपछि अदालतले अभियुक्तलाई धरौटीमा रिहा गरेर कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अंगुर जिसी फरार रहेका छन् भने छानबिनका क्रममा अन्य प्रहरी अधिकारी प्रहरी नियन्त्रण थिए । अदालतले प्रतिवादीलाई धरौटी रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

Related