राष्ट्रवादीको नेपाल गाथा ; जेनेभा पुगेर फणीन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा
"नेपाली हुनुको नेपाल प्रेम "
तपाईको प्रतिक्रिया





काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।
नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको भनाइ थियो ।
गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन पुगेका नेपालले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’
उनले सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको पनि बताए ।‘आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ ।
ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु,’ नेपालले भने ।
आफूले बोलेका कुरा संयुक्त राष्ट्रसंघको वार्षिक र आवधिक प्रतिवेदनमा लिपिबद्ध हुने नेपालले अनलाइनखबरसँग बताए । ‘लामो प्रयासपछि हामी त्यो मञ्चमा पुग्न सफल भएका हौं, यो आफैंमा एउटा ऐतिहासिक क्षण हो,’ उनले जेनेभाबाट भने ।
आजको वैठकको एजेन्डा ‘मानवअधिकार समस्या जसमा परिषदको ध्यान जानुपर्छ’ भन्ने थियो । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएको नेपालले जानकारी दिए
।sorce onlinekhabar
Related