पोखरा । पर्वतमा निर्माणाधिन तल्लो मोदी आयोजनामा आगलागी भएको छ । बिद्युत सर्ट भएर आगलागी हुदा तीन मजदुर घाइते भएका छन्। आयोजनामा आज दिउसो पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने) मा रङ लगाउने क्रममा विद्युत सर्ट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।
२० मेगावाटको निर्माणाधीन तल्लोमोदी जलविद्युत आयोजनामा उत्पादनको मुखमै आएर आगलागी भएको छ । आयोजनाको सुरुङ मार्ग भित्र पाइपमा रङ लगाउने क्रममा अकस्मात आगलागी हुन पाइपमा रंग लगाउदै गरेका ३ जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा विजय पचभैया, अनिल विक र चन्दन बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।
आयोजनामा कार्यरत कर्मचारीका अनुसार ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउने क्रममा विद्युतको तार सर्ट भएर आगलागि भएको हो । आयोजनामा बिद्युतीय तार सर्ट भएर आगलागी हुदा पाइप भित्र लगाएको सबै रङ जलेर नष्ट भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए । ‘पाइप भित्र लगाइएको रंग जलेर नष्ट भएको छ। तर, पाइप फलामको भएकोले पाइपलाई असर गर्दैन’ उनले भने। ‘पाइपको भित्री भागमा लगाइएको रङ र बिद्युको तारमा मात्रै जलेको हो ।’
आगलागी भएको स्थानमा पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । आगोको मुस्लो पावरहाउसमा जडित डाइनामा र अन्य उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको उनले बताए।
आगो तीन घण्टापछि नियन्त्रणमा आएकोछ। आयोजनामा लागेको आगो नियन्त्रणमा लिन डिएसपी भुवनेश्वर तिवारी सहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको लामो प्रयासपछि आगालागि नियन्त्रणमा आएको थियो।

Related