पोखरा । स्याङ्जामा खेत जोत्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्युको भएको छ । सोमवार विरुवा गाँउपालिका ६ स्थित गैरी गाउँका ५७ बर्षीय कृष्ण बहादुर थापाले खेत जोत्ने क्रममा बिजुलीको पोल ढल्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाले खेत जोत्ने क्रममा खेतको बीच भागमा गाडिएको बिजुलीको पोलमा जुवा ठोक्किन पुग्दा अकस्मात काठको पोल भाचिएर थापालाई करेन्ट लागेको थियो। पोलसंगै ढलेको तारहरु उनीमाथि बज्रिएको थियो।
थापामाथि बिजुलीको तारसहितको पोल बज्रिदा घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । घटनाको वारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

Related