• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घर नक्साको विद्युतीय अभिलेखीकरण गर्दै महानगर

  •    शुभेच्छा न्यूज संवाददाता  /४ चैत्र २०७५, सोमबार १५:५८ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका हुन् । अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

    उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइन मार्फत् भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टचारलाई कम गर्ने उल्लेख गरे । ‘सबै कामहरु सेवाग्राही र कर्मचारी बीचमुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘ यसो गर्न सके रकमको बार्गेनिङ समेत हँुदैन ।’

    महानगर प्रमुख जिसीले नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग गर्ने बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई पेपरलेस बनाउन सहयोग पुग्ने उल्लेख गरे ।

    पौडेलले अनलाइन नक्सापास वडाबाटै सुरु गरेको महानगरले कर तथा राजश्वलाई समेत घरनक्सापाससँग जोडेर शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउने कार्यलाई अघि बढाउने समेत बताए ।महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने बताए ।

    महानगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले एक हजार वर्ग फिट सम्मका घरहरुको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउँदै, योजनाका सम्झौतालाई समेत विद्युतीय अभिलेख गर्ने गरी अगाडि बढाइने उल्लेख गरे । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्युतीय अभिलेखीकरणले सुशासनमा सहयोग पुग्ने बताए ।

    काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सा पासका अभिलेखलाई व्यवस्थापन गर्नेछ । पहिलो चरणमा साविक लेखनाथका पाँच हजार दुईसय र महानगरका गरी दश हजार घर नक्सापास किताबलाई विद्युतीय अभिलेखीकरण गरिने आइटी इन्जिनियर असोक द्वारेले जानकारी दिए ।

    यो सफ्टवयर मार्फत योजनाका सम्झौता, राजश्व, प्रशासन लगायतका महत्वपूर्ण कागजातलाई पनि विद्युतीय अभिलेखीकरण गर्न मिल्ने उनले बताए । सेल्स टेक्नोलोजीका प्रबन्ध निर्देशक राम रिमालले प्रविधिको प्रयोगले पेपर क्लिन महानगर बनाउन सहयोग पुग्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.