• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालकै एक मात्र लिची गाउँ, जहाँ लिचीको ७० बर्षे इतिहाँस कायम छ

  •    कृष्ण अन्जान ज्ञवाली  /६ चैत्र २०७५, बुधबार १०:१५ ,  प्रकाशीत
  • गुल्मी ६ चैत। तानसेन रिडी तम्घास मोटरबाटो हुदै साल विसौनादेखि करिव २ किलोमिटर कच्ची सडकको यात्रा पछि शुरु हुन्छ च्युरेक गाउँ। यो एउटा नेपालको लिची गाउँ नामाकरण गरिएको एकमात्र गाउँ हो ।

    नेपालकै ऐतिहासिक रुरु क्षेत्र भित्रको रुरु गाउँ पालिका वडा न १ मा पर्ने यो च्युरेक गाउँ जहाँ हरेक घरमा लिची खेती छ ।फागुन लागेपछि फुल लाग्ने लिची जेठको अन्तिममा राताम्मे भएर पाकीसक्छ ।

    स्थानिय बलराम ज्ञवालीका अनुसार हरेक घरमा लिची छन र पाकेपछि बुटवल तानसेन तथा स्थानिय रिडी बलेटक्सारका व्यापारीहरु घरमै आएर लिची खरिदगरी लाने गर्दछन ।

    यहाको लिचीले करिव ७० बर्षको इतिहास पार गर्दैछ ।त्यतिवेला यस गाउँका डिल्लीराम ज्ञवाली र लोक बहादुर खत्रीले त्रिवेणी मेला भर्न जाँदा एक एक वटा लिचीका विरुवा ल्याएर आफ्नो घरमा रोपे ति विरुवा अझै छन र राम्रो फल पनि दिने गरेका छन ।त्यस पछि केदार नाथ ज्ञवाली जिम्माल बा ले बारी भरि व्यवसायिक रुपमा लिची खेती शुरु गरे उनको सिको गर्दै गाउँ भरी लिचीको व्यवसायिक खेती शुरु भयो ।

    लिची गाउँ च्युरेकले वर्षेनी लाखौँको लिची निर्यात गर्ने हैसियत राख्छ ।प्रत्येक बर्ष असार २ गते च्युरेक गाउँले लिची महोत्सव आयोजना गर्दै आइरहेको च्युरेक गाउँका युवराज ज्ञवालीको भनाइ छ ।

    सडक सन्जालको पहुँच नजिकै रहेको यो लिची गाउँको उत्पादन लिचीको बजारिकरण पनि सजिलो भएको छ ।यो गाउँका स्यालपोखरी ,नेटाइ पोखरी ,ठुलापोखरा , ठाडाबाट ,बिसौना ,बुढाआँप टोलहरु लिची उत्पादनका पकेट क्षेत्र हुन ।

    बढ्दो बसाइ सराइले यो गाउँलाइ प्रभावित पारेको पाइएको छ तर गाउँमा वस्ने ले लिची गाउँको अस्तित्वलाइ धानेका छन ।रुरु क्षेत्र धार्मिक पर्यटकिय स्थल बन्दै गर्दा च्युरेक गाउँले होमस्टेको राम्रो सँभावना बोक्न सक्छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.