कृष्ण अन्जान ज्ञवाली /७ चैत्र २०७५, बिहीबार ०३:४१ , प्रकाशीत
गुल्मी। साना किसान सँग पैचो कार्यक्रम चलाइ रहरको पैँचो पसलले पछिल्लो चरणमा कृषकका लागि कृषक पाठशाला सन्चालनमा ल्याएको छ। कृषकका लागि तरकारी खेतिको व्यवहारिक र सैद्धान्तिक ज्ञान दिँदै व्यवसायिक तरकारी खेति तर्फ उन्मुख गराउने उद्देश्यले यस प्रकारको पाठशाला गाउँमै शुरु गरिएको पैचो कार्यक्रमका प्राविधिक बिष्णु पाण्डेले बताए ।
महिनाको एक दिन सैधान्तिक र अरु दिन पैँचो कार्यक्रमका कृषि प्राविधिकको सहयोगमा व्यवहारिक ज्ञान किसानहरुकै खेतवारीमा पुगेर सिकाइने पाण्डेले बताए ।
पैँचो कार्यक्रमकै पहलमा कृषक पाठशाला सन्चालन भएका ठाउँहरुमा टनेल र पोखरी निर्माणका लागि अनुदान सँगै विउ विजन समेतको प्राविधिक सेवा उपलब्ध गराउने पैचो कार्यक्रममा वरिष्ठ कृषि अधिकृत दिल बहादुर बस्नेतले जानकारी दिए ।
यसरी सन्चालन गरिएका कृषक पाठशालामा न्युनतम चालिस र त्यसभन्दा माथि ७० जना सम्म कृषकले यो पाठशालाबाट कृषि ज्ञान हासिल गर्न सक्नेछन ।पैचो कार्यक्रमले गुल्मी जिल्लामा २०७२ देखि कृषि मा आधारित उत्पादनको पैँचो अबधारणा अन्तर्रगत कृषकबाट सँकलन गरि बजारिकरण गर्दै आइ रहेको छ ।
यो अबधारणा अन्तर्रगत किसान ले आफुले उत्पादन गरेका कृषि योग्य सामानलाइ पैँचोको डिपोमा पुर्याएर आफुले चाहेको उपभोग्य सामान अथवा नगद लान पाउने व्यवस्था छ ।
प्रदेश न ५ को बुटवलमा केन्द्रीय कार्यालयका साथै विशाल सो रुम रहेको पैचो कार्यक्रमले गुल्मीको रिडीमा पैचो कार्यक्रमको उपभोग्य सामाग्री हरुका उत्पादन केन्द्र रहेको छ ।

Related