• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट बिप्लव माओवादीका २ बिद्यार्थी पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ चैत्र २०७५, सोमबार १०:१२ ,  प्रकाशीत
  • पोखरा /पिएन क्याम्पसमा विद्यार्थीले पुत्लादहन गरी विरोध गरेको कार्यक्रममा भिडियो खिचीरहदा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरीले रिहा गरेको छ । नेपाल पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनहरुको दवाव पछि प्रहरीले अधिकारीलाई विनाशर्त रिहा गरेको हो ।

    सोमबार बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थीहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा पुत्लादहन गर्दा दुई जना विद्यार्थी सहित अधिकारी पक्राउ परेका थिए । क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुनलाई भने कास्की प्रहरीले धुनामा छन् ।

    विप्लव समूहको विद्यार्थी संगठनले सरकारको काम र आफ्ना माउ पार्टीका नेता तथा कार्यकतालाई धमाधम पक्राउ गरेपछि विरोध स्वरुप क्याम्पस गेट अघि प्रदर्शन गरेको थियो । सोही विरोध प्रदर्शनको फोटो र भिडियो खिचिरहेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष अधिकारी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    अधिकारीलाई पत्रकार महासंघको उपस्थितिमा रिहाई गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले पत्रकार माथी हुने दुब्र्यवहार र धरपकड रोक्न पनि आह्वान गरेका छन् ।

    अधिकारीको पक्राउका बिषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, कास्की शाखा सहित क्रान्तिकारी पत्रकार संगठन, प्रेस यूनियन, प्रेस संगठनले विरोध जनाएका थिए । पक्राउ परेका अरु दुई विद्यार्थीमाथी प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.