• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रसिद्ध धार्मीक स्थल रुरु क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि गुरुयोजना तयार हुँदै

  •    कृष्ण अन्जान ज्ञवाली  /१९ चैत्र २०७५, मंगलवार १६:०० ,  प्रकाशीत
  • गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक स्थलकोरुपमा परिचित रुरु क्षेत्रमा आन्तरिक तथा बाह्यि पर्यटनको बिकास गर्ने सरकारले गुरुयोजना तयार पर्ने भएको छ। रुरु क्षेत्रको बृहतर विकासका लागि स्थानिय तह संग साझेदारी गर्दै सँघ र प्रदेश सरकारले काम शुरु गरेको प्रदेश सभा साँसद कमल श्रेष्ठले बताए /

    रुरु क्षेत्र पाल्पा गुल्मी र स्याँगजा जिल्लामा पर्ने पवित्र धार्मिक क्षेत्र हो ।यति बेला यि ३ वटै जिल्लालाइ समेट्ने गरि रिडीमा तीन मुखे झोलुँगे पुल निर्माण कार्य आगाडि बढेको छ । तीन मुखे आकारमा बन्ने यस पुल एसियाको पहिलो हुनेछ ।

    यसै गरि रुरु क्षेत्रको विकासको गुरु योजना तयार गर्न प्रदेश न ५ उधोग पर्यटन बन तथा बातावरण मन्त्रालयले २ करोड बिनियोजन गरेर काम शुरु भइसकेको छ।रुरु क्षेत्रमा बग्ने कालिगण्डकी नदि मा बाँध निर्माण गरि जलाशय निर्माण जस्तो महत्वकाँक्षि योजना सहित यस क्षेत्रका मठ मन्दिर देवालयको सँरक्षणको प्रयास गुरु योजनामा समावेश भएको साँसद श्रेष्ठको भनाइ छ ।

    यस क्षेत्रलाइ धार्मिक पर्यटनको विकासका लागि पुर्बाधारका लागि रिडी क्षेत्रमा पिउने पानि व्यवस्थापनको काम शुरु गरिएको छ जसका लागि रिडी खेल मैदान नजिकै बोरिँगको माध्यमबाट पानी निकालेर आगामि आर्थिक वर्षमा पिउने पानीको सहजता बनाउन लागिएको छ ।

    धार्मिक क्षेत्रलाइ सुन्दर र सफा राख्नका लागि कालि गण्डकी नदिको घाट व्यवस्थापन सँगै स्थानिय विष्णुपन्जरमा शुविधा सम्पन्नसँगै अत्याधुनिक विध्युतिय शवदाह गृहका निर्माण कार्यका लागि सम्झौता भइसकेको साँसद कमल श्रेष्ठको भनाइ छ ।

    रुरु क्षेत्रबाट कालि गण्डकी करिडोर ,तानसेन रिडी तम्घास ,बुटवल पाल्पा खर्ज्याँग अर्घाखँची,बुटवल पाल्पा रिडी बुर्तिवाँग ढोरपाटन क्षेत्रमा पुग्ने र स्याङजाको गल्याङ हुँदै पोखरा पुग्ने सडकको केन्द्र बिन्दु पर्ने हुँदा रुरु क्षेत्रको विकासले धार्मिक पर्यटनलाइ टेवा पुग्ने देखिन्छ ।

    स्याङजाको कालिगण्डकी गाउँपालिका गुल्मीको रुरु गाउँपालिका र पाल्पाको तानसेन नगरपालिका १४ को सँगम रिडी रहेको र यस क्षेत्रको विकासका लागि यि स्थानिय निकायहरु पनि जोडतोडले लागेका छन ।

    मुख्यरुपमा प्रचार प्रसारले ओझेल परेको रुरु क्षेत्रको विकास सँगै प्रचार प्रसार र प्रबर्द्धनको काम हुन सके मुख्यतया भारतिय पर्यटक र आन्तरिक पर्यटकको धार्मिक गन्तव्य विन्दु रिडी हुनेकुरा निश्चित रहेका रिडी माध्यमिक विध्यालयका प्राचार्य रोहित भण्डारीको भनाइ छ ।

    सडक सन्जालको पहुँचले छोइ सकेको रुरु क्षेत्रमा स्थानिय साँस्कृतिक सम्पदा को सँरक्षण र भौतिक पुर्वाधारको निर्माण आवस्यक देखिएको छ ।पछिल्लो चरणमा रुरु क्षेत्र विश्व सम्पदा सुचिमा सिफारिस भइसकेको क्षेत्र हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.