पोखरा । बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको जनधनको क्षति पछि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले राहतका संकलन अभियान तिब्र पारेको छ।
डिष्ट्रिक्टले काठमाडौं क्षेत्रका लागि ईर्मजेन्सी डिपार्टमेन्ट चिफ हरी मरठ्ठाको संयोजकत्वमा राहत संकलन शुरु गरिसकेको छ। त्यसैगरी पोखरा क्षेत्रका लागि माटेपानीमा रहेको डिष्ट्रिक्ट सचिवालय मार्फत सहयोग संकलन भैरहेको डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट चिफ पब्लिक रिलेशन अफिसर परमेश्वर बरालले जानकारी दिए।
उनका अनुसार काठमाडांै क्षेत्रमा करिव चार लाख रकम संकलन भइसकेकोछ। त्यसैगरी पोखरा क्षेत्रमा दुई लाख ५० हजार नगद सहित लत्ता कपडा खाद्यान्न संंकलन गरिएकोछ।
डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले हावा हुरीको घट्नाबाट पीडित परिवारको उद्दार तथा राहतका लागि सम्पूर्ण लायन्सलाई आ–आफ्नो तर्फबाट लाग्न आग्रह गरेका छन। उनले काठमाडांै र पोखरा क्षेत्रमा संकलन भएको राहत तत्काल त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरी बितरण गरिने बताए ।
डिष्ट्रिक्टको आव्हन अनुसार विभिन्न क्लवहरुले प्रभाबित क्षेत्रमा पुगेर स्थानीय प्रशासनको समन्नयमा राहत वितरण गरेका छन्। लायन्स क्लब अफ पोखरा लामाचौरले बाराको भुलही र भखलिया गाँउमा पुगेर ३ सय थान त्रिपाल वितरण र करिव १ हजार जनालाई खाना ख्वाएको क्लबका अध्यक्ष संजय लामाले बताए ।
लायन्स क्लब अफ पोखरा माछापुछ«े भिलेज, पोखरा फेवा सिटी लगाएतका क्लबको अगुवाईमा करीव ३ लाख रुपैया बराबरको खाद्यान्न लत्ताकपडा संकलन गरी वितरणका प्रभावित क्षेत्र तर्फ आज प्रस्थान गरेको रिजन चेयरपर्सन शिवराज आचार्यले जानकारी दिए ।

Related