नेत्र विक्रम चन्दको पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले द्वन्द्व निम्त्याउदै छ – संग्रौला
तपाईको प्रतिक्रिया





पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर देशमा पुनः द्वन्द्व निम्त्याउन खोजिएको आरोप लगाएकी छिन् ।
प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेत्रबित्रलम चन्दको माओवादीलाई वार्ता मार्फत मुलधारको राजनितीमा ल्याउनु पर्ने बताईन्। ‘लोकतान्त्रीक ब्यवस्थामा कुनैपनि राजनैतिक पार्टीलाई प्रतिबन्ध लगाउनु उचित होइन्’ उनले भनिनन्। ‘वार्तानै समस्याको समाधानको उपयुक्त उपाय हो। वार्ता प्रति सरकार र विप्लव समुह दुवै गम्भिर हुनुपर्छ।’
केन्द्रीय सदस्य संग्रौलाले दुई तिहाई सरकारले सिके राउतसंग सम्झौता गरेर मुलुकको राष्ट्रिय अखण्डतामाथि आँच पु¥याएको आरोप समेत लगाएकी छन्। ‘सरकारले सिके राउतसंग सम्झौता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली राष्ट्रवाद उदांगो भएको छ’ उनले भनिन्। ‘राष्ट्रद्रोही लाई काखिच्याप्ने र राजनैतिक पार्टीलाई प्रतिबन्ध लगाउने यो कस्तो राष्ट्रवाद हो।’
प्रधानमन्त्री ओली राजा बन्ने प्रयास गरेको समेत उनले आरोप लगाइन् । स्थानीय निर्वाचन पछि स्थानीय सरकारलाई नै सबै अधिकार प्रदान गर्नु पर्ने नयाँ कानुनी ब्यवस्था भएपनि प्रधानमन्त्री ओलीले प्रमुख जिल्ला अधिकारीलाई नै अधिकार दिएर पुरानै ब्यवस्था र ब्यवहारको पुनराबृत्ति गरेको उनको भनाई थियो ।
‘प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न गराएर मुख्यमन्त्रीलाई पाखा लगाउने काम ओली सरकारले गरिरहेको छ’ उनले भनिन्।‘मुख्यमन्त्रीलाई अधिकारविहीन बनाएर संघीयता कदापी कार्यान्वयन हुनै सक्दैन।’
प्रदेश नम्बर २ मा परिक्षा अगाबै प्रश्न पत्र सार्वजनिक गरेपछि सरकारको शान्तिसुरक्षा र गोपनीयता प्रतिको संबेदनशिलता छर्लङ्गीएको उनको आरोप थियो। प्रश्नपत्र समय भन्दा अगाडि नै सार्वजनिक हुँदा समेत शिक्षामन्त्रीले केही नबोल्नु शंकास्पद रहेको उनको दावी थियो ।
Related