लेखनाथ क्षेत्रका लायन्यको उद्धघोष; ध्रुव श्रेष्ठको नेतृत्वलाई वञ्चित गर्न खोज्नु सुर्यलाई हत्केलाले छेके जस्तै
तपाईको प्रतिक्रिया





पोखरा,२२ चैत । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठलाई नेतृत्वमा आउन वञ्चित गर्न खोज्नु सुर्यलाई हत्केलाले छेक्न खोज्नु सरह भएको एक कार्यक्रम वक्ताहरुले औंल्याएका छन् ।
आगामी वैशाख १३ र १४ गते पोखरामा हुने महाधिवेशनलाई लक्षित गर्दै लेखनाथ क्षेत्रका लायनहरुसँग भेटघाट तथा सुझाव संकलनका लागि लायन्स क्लव अफ पोखरा अन्नपूर्णले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
आफ्नो जीवनको चार दशकभन्दा लामो समय लायन्समा रहेर दृढ संकल्पकासाथ सामाजिक कार्यमा जीवन व्यतित गरेका श्रेष्ठलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्नुको सट्टा चुनावी मैदानमा उतारेर नेतृत्वमा आउन अकुंश लगाउने प्रयास गर्नु सुर्यलाई हत्केलाले छेक्न खोज्नु सरह भएको वक्ताहरुको भनाई छ ।
डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ एडभाइजर समेत रहेका श्रेष्ठले लायनको यात्रामा पु¥याएको अतुललिय योगदानको कदर गर्दै नेतृत्वमा ल्याउन भरपुर सहयोग गर्ने लेखनाथका लायनहरुको प्रतिवद्धता छ । संस्थामा रहेर कर्मठ, निष्ठा र इमान्दारी ढंगले काम गर्ने व्यक्तिलाई नेतृत्व दिनको लागि रोक्न छेक्न नहुने वक्ताहरुको तर्क छ ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट एडभाइजर वावुराम अधिकारीले ४२ वर्षसम्म सामाजिक क्षेत्रमा काम गरेको व्यक्तिलाई नेतृत्व लिएर काम गर्नका लागि चुनावी मैदानमा उतार्नु लज्जास्पद र नेतृत्वको वेईमानी भएको बताए । नाममा भन्दा काममा विश्वास गर्ने श्रेष्ठलाई चिनाउन कुनै प्रचारको आवश्यकता नपर्ने भन्दै उनले अग्रज लायन ध्रुव श्रेष्ठलाई कुनै पनि हालतमा अन्याय हुन नदिने उद्घोष गरे ।
पिआरओ लायन वावुराम गिरीले धु्रव श्रेष्ठ जस्तो क्षमतावान र अनुभवी व्यक्ति डिष्ट्रिक्टलाई आवश्यकता भएको हुदा अवको नेतृत्व श्रेष्ठले पाउनुपर्ने जिकिर गरे ।
लायन्स क्लव अफ लेखनाथका पूर्व अध्यक्ष तथा लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङले मदर्श क्लवको रुपमा मानिने अन्नपूर्ण लायन्स क्लवलाई दुधको भारा तिर्ने बेला आएकोले मन, वचन र कर्मले सक्षम र सम्मानित व्यक्ति श्रेष्ठलाई समर्थन गर्ने जनाए ।
श्रेष्ठ ३२ वर्ष पुरानो लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुन् । अन्नपूर्ण क्लव लायनवादको इतिहासमा उत्कृष्ट काम गर्दै उदाहरणीय क्लव बन्न सफल भएको क्लव पनि हो ।
कार्यक्रममा बोल्दै उम्मेदवार धु्रव श्रेष्ठले डिस्ट्रिक्टको जिम्मेवारी आफूले सम्हाल्ने अवसर पाएमा लायनहरुको शिर उचो राख्नको लागि अमूल्य मतलाई अमूल्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै रिजन चियर पर्सन मधुसुभन कोईराला,जोन चियन पर्सन ऋषिराम रानाभाट, लायन्स क्लव अफ आदर्श चौतारीका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, लायन्स क्लव अफ लेखनाथ सिमसारका अध्यक्ष मेनुका श्रेष्ठ, लायन्स क्लव अफ लेखनाथ सिटीका अध्यक्ष रुद्ररमण रेग्मी लेखनाथ सिटीका अध्यक्ष लायन उदिपराज ढुंगाना लगायतले लायन्स क्लव अफ पोखरा अन्नपूर्णलाई प्रेरणादायी क्लव तथा ऊर्जाशिल क्लव भएको बताउँदैै क्लवको खुलेर प्रशंसा गरेका थिए भने अग्रज लायन धु्रव श्रेष्ठले अहिलेसम्म गरेको धैर्यतालाई सम्मान गर्नुपर्ने बताए ।
Related