• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समृद्ध नेपाल बनाउन सामुहीक लगानी ; पूर्व प्रधानमन्त्री भट्टराई

  •    शुभेच्छा न्यूज संवाददाता  /२३ चैत्र २०७५, शनिबार १४:३४ ,  प्रकाशीत
  • बुटवल । पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले समृद्ध देश बनाउन पूजी संकलन र सामुहिक परिचालनलाई प्राथमिकता दिनुपर्ने बताएका छन।

    भिजन लुम्बिनी लिमिटेडले शनिबार आयोजना गरेको संक्षीप्त अवलोकन तथा भेटघाटमा बोल्दै उनले सामुहिक लगानीमा ठूला आयोजना अगाडि बढाउन सके धेरै रोजगारी सिर्जनागर्न सक्ने बताए।

    नेपाल सम्भावना नै सम्भावनाको देश भए पनि धेरै काम गर्न बाकी रहेको बताउदै उहाले आर्थिक परिवर्तनका लागि नागरिकस्तरबाट नै अभियान चलाउन आग्रह गरे।
    भिजन लुम्बिनीले थालेको उर्जा, कृषि, पर्यटन लगायतको लगानीबारे प्रसंशा गर्दै उहाले यसबाट धेरै आर्थिक परिवर्तन ल्याउन सकिने बताए। उद्यमशीलता र स्वरोजगार बढाउन सीप आवश्यक हुनेभन्दै त्यस्तो काममा समेत लाग्न उनले आग्रह गरे।

    भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले थोरै लगानीबाट धेरैले फाइदा लिने र रोजगारी बढाउने बनाउन सामुहिक लगानीको अवधारणामा भिजन लुम्बिनी संचालन गरेको बताए। उनले कास्कीको सेतीनदीमा २५ मेघावाट विद्युत निकाल्न पिपिए लगायतका काम सकेको जानाकारी दिए।

    पूर्वप्रधानमन्त्रीलाई भिजन लुम्बिनीका परिषद सदस्य शुक्र बस्यालले स्वागत तथा अध्यक्ष पोखरेलले खादा ओडाएर सम्मान गरेका थिए। पूर्व प्रधानमन्त्रीले चौतारी लघुवित्तको समेत अवलोकन भ्रमण गर्नुभएको थियो ।

    उहाले महिलाहरुलाई बैंकको पहुचमा जोड्न र उद्यमशील बनाउन लघुवित्तले गरेको कामको प्रशंशा गरेको बैंकका कार्यकारी निर्देशक हरिकृष्ण जोशीले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.