पोखरा हुने काँग्रेसका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा
तपाईको प्रतिक्रिया





पोखरा । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।यही चैत्र २८ र २९ गते हुने सम्मेलनको आवस्यक तयारी पूराभएको आयोजकले मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।
सम्मेलनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ।सम्मेलनको मिति नजिकिएसंगै पोखराको न्युरोड क्षेत्रमा पार्टीको तारा तारे झण्डाले दुलही झै सिंगारिएको छ। पोखराका मुख्य प्रदेश द्धारहरुमा स्वागत द्धार र व्यानरहरु सजाइएको छ।
पार्टीलाई सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने जानकारी दिए।
‘पार्टी भित्रको मुख्य समस्या भनेको गुटरउपगुट हो। केन्द्रीय नेताहरु बोलाएर कोषाध्यक्षहरुले एकमतले गुटउपगुट अन्त्य गर्न संन्देश दिन्छौ’ अध्यक्ष पुडासैनीले भने। ‘काँग्रेसमा तलदेखि माथी सम्म स् गुटरउपगुट अन्त्य गर्न जरुरी छ ।’
सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह गर्ने भएको छ। त्यसैगरी देशका विभिन्न स्थानका निर्वाचन क्षेत्रहरुमा रिक्त संसद सदस्य र प्रदेश सदस्यहरुको निर्वाचन गराउन सरकारलाई दबाव दिने छ ।
नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की काँग्रेसले सहयोग गर्ने बताए ।
Related