• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले वडाबाटै थाल्यो स्वास्थ्य बिमा

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ चैत्र २०७५, शुक्रबार ११:४९ ,  प्रकाशीत
  • पोखरा। पोखरा महानगरपालिकाको वडा कार्यलयबाट स्वास्थ्य बिमा कार्ड वितरण थाािलएको छ। वडाभित्र रहेका विपन्न र असहाय नागरिकलाई महानगरपालिका वडा नम्वर १ ले स्वास्थ्य बिमा कार्ड वितरण अभियान शुरु गरेको हो ।

    बिमाको पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कार्ड वितरण गरेर सुभारम्भ गरेकी हुन् । उपप्रमुख गुरुङले महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको बताउदै नागरीक स्वास्थ्यप्रति सचेत रहेको बताइन् ।

    उनले अहिलेको प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी रहेको बताउदै महागरनले त्यसलाई प्राथमिकतामा राख्दै त्यही अनुसार ऐन नियम बनाएको बताइन्।गुरुङले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र समेत सञ्चालनमा ल्याएको बताइन्।

    वडाले विपन्न र असहाय नागरिकको स्वाथ्य बिमाका लागि विनियोजन गरेको १ लाख रुपैयाँबाट वडाभित्रका ४० घर परिवारको स्वाथ्य बिमामा गरिएको वडा अध्यक्ष शारदा कुमारी पराजुलीले बताइन््। वडाले एक परिवाको २५ सय रुपैयाँका दरले ४० परिवारको बिमा गरिदिएको हो।

    ‘विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्र्तगत वडाले विनियोजन गरेको बजेटबाट स्वास्थ्य विमा गरेर कार्ड वितरण गरेका छौ’उनले भनीन्। ‘एक जनाको कार्डबाट परिवारका पाँच जनाले ५० हजार रुपैयाँ बराबरको उपचार गर्न पाउने छन्।’

    वडाले गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट दुई सय जना लाभाविन्त हुने छन् ।वडाले किटान गरेका नागरीकहरुलाई शुक्रबार कार्ड वितरण गरिएको छ। पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध सुविधाको उपयोग गर्न आग्रह गरे । उनले नियमित स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गरे ।

    स्वास्थ्य बिमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सरकारले कार्यक्रम ल्याएको बताए । उनले ४२ जिल्लामा कार्यक्रम संञ्चालन भैरहेको बताए।

    सरकारले तीन बर्ष अधिसुरु गरेको स्वास्थ्या बिमा कार्यक्रममा कास्कीबाट १ लाख ३ हजारले जनाले स्वास्थ्य बिमा गराइ सकेका छन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.