• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नव बर्षको अवसरमा पोखरामा फेवा नव बर्ष महोत्सव सुरु

  •    शुभेच्छा न्यूज संवाददाता  /२९ चैत्र २०७५, शुक्रबार १३:४५ ,  प्रकाशीत
  • पोखरा । पोखरामा १६ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । फेवातालको किनारा स्थित कोमागाने पार्कमा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

    कार्यक्रममा मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सवको शहर बनाउन आबस्यक रहेको बताए। ‘पोखरालाइ महोत्सवको शहर बनाएर धेरै भन्दा धेरै पर्यटक भित्राउन आवस्यक छ’ उनले भने। ‘आन्तरिक तथा बाह्यि पर्यटक भित्राउने एउटा बिकल्प महोत्सव पनि हो।’

    मुख्यमन्त्री गुरुङले पोखरामा ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्न आवस्यक रहेको बताए। प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो।

    ‘जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण बनाउन आवस्यक छ’ उनले भने।‘समग्र प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ।’

    उनले पोखरामा एक हजार भन्दा बढी अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आबश्यक रहेको बताउदै यस क्षेत्रमा धेरै शैया भएको ठूलो अस्पतालको समेत आवस्यकता औलाए।

    मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्धीका आधारको रुपमा रहेको पोखरा कोरला नाका, पचभैयामा चिडियाखाना निर्माण र पोखरामा दुई बसपार्क निर्माण दुई बर्ष भित्र सम्पन्न गर्ने योजनामा प्रदेश सरकार लागेको बताए।

    फेवा तालको संरक्षणको लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरिसकेको बताउदै उनले दुई बर्ष भित्र पोखरा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न हुने दावी गरे।

    गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको बताए। उनले लेकसाइड मात्र पर्यटकीय क्षेत्र नभएको बताउदै समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको दाबी गरे।पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वी राजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको बताए ।

    महोत्सव उद्घाटनका अवसरमा ३६ समुहले झाँकी प्रतियोगितामा सहभागित जनाएका थिए। महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ ।
    नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन् । महोत्सवमा विविध नेपाली खानाको विक्री र प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ।

    महोत्सव संचालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरु गठन गरिएको छ । महोत्सव सम्पनन गर्न ६५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

    संघ आवद्ध होटलको मेन्युमा १५ प्रतिशत छुट्
    महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको पराजुलीले जानकारी दिए। महोत्सवका बेला ग्राहकलाई कुनै ब्यवसायीले ठगिगरे त्यस्ता ब्यवसायीका वारेमा जानकारी दिन आग्रह गरे। उनले होटलको अकुपेन्सी दर न्यून रहेको भन्दै चैत ३० गते रातिका लागि भने कोठाहरु अधिकांश बुक भएको जानकारी दिए ।

    नेपाल भ्रमण वर्षको ओपनिङ शनिबार
    नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजना स्थलमा चैत ३० गते भ्रमण बर्षको सफ्ट ओपनिङ गरिने जानकारी दिए । स्थानीय विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको उनले बताए।

    बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले भ्रमण बर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.