• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ठगी गरेको समाचार लेखेको आरोपमा पत्रकार पक्राउको विरोधमा पोखराका पत्रिकामा कालो पोतियो

  •    शुभेच्छा न्यूज संवाददाता  /४ बैशाख २०७६, बुधबार ०३:२३ ,  प्रकाशीत
  • ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ।
    पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ।

    पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गर्न पत्रकार महासंघ कास्कीले आग्रह गरेको थियो।

    प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यवद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन्। सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार तीन दिन म्याद थप गरेको छ।

    विपेन्द्रराज बतासले ठगी गरेको समाचार चैत २२ को अंकमा समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको थियो। पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डप र अनलाइन दुवै काउन्सिलमा दर्ता छन्।

    सोमबार सिआइबीले पोखराबाट काठमाडौं लगेका गिरीलाई मंगलबार अदालतले म्याद थप गरेको हो । बिरामी गिरीलाई सिआइबीकै नियन्त्रणमा रहने गरी अस्पताल भर्ना गरिएको छ ।

    मंगलबार प्रक्रिया पु¥याएर गिरीलाई रिहा गरिने अपेक्षा गरेका पत्रकार ३ दिन म्याद थप भएपछि आन्दोलित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा मंगलबार जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि पत्रकारले धर्ना दिएका छन् ।

    पत्रकारलाई साइवर क्राइमको कानून देखाएर तर्साउन खोजेको भन्दै पत्रकार महासंघ र अनलाइन पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्दै विरोध गरेका छन् भने सामाजिक सञ्जालमा पत्रकारिता साइवर अपराध होइन लेखेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.