• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार गिरीको गिरफ्तारी बिरुद्ध प्रशासन कार्यलय कास्कीमा १ घण्टा धर्ना

  •      /५ बैशाख २०७६, बिहीबार ०९:५९ ,  प्रकाशीत
  • पोखरा । देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी विरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोध स्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

    विहिबार बिहान नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा धर्ना बसिएको हो । १ घण्टे धर्नामा पोखराका सय भन्दा बढी पत्रकारहरुको सहभागिता देखिन्थ्यो । गिरीको शीघ्र रिहाईको माग गर्दै बसिएको शान्तिपूर्ण धर्नामा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गिरीको रिहाई नभए अब सशक्त रुपमा आन्दोलन चर्किने बताए । “मंगलबार थपिएको ३ दिने म्याद पनि सकिएको छ ।” उनले भने – “अब पनि म्याद थप्ने दुश्प्रयास वा रिहाई नगरेमा हामी चुप लागेर बस्दैनौ ।”

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा बिहीबार पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।

    पत्रकार गिरी ठगीको समाचार लेखेको अभियोगमा सोमबार साइबर क्राइम अन्तरगत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरी माथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

    उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ । पत्रकार गिरी पक्राउ परेलगत्तै त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.