• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

BREAKING NEWS पत्रकार अर्जुन गिरीलाई रिहाइ गर्न काठमाण्डौं जिल्ला अदालतले ग¥यो आदेश

  •    शुभेच्छा न्यूज संवाददाता  /५ बैशाख २०७६, बिहीबार ११:०४ ,  प्रकाशीत
  • पोखरा । ठगी प्रकरणको समाचार लेखेका कारण साइवर क्राइमको मुद्धा खेपिरहेका ताण्डब साप्ताहिक र ताण्डब न्यूजका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

    साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

    गिरी सम्पादक रहेको ताण्डब न्यूजले केहीदिनअघि व्यवसायी विपेन्द्रराज बतास ’विपिन वतास’ले ठगी गरेको समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साइबर क्राइम अन्तर्रगत उजुरी दिएका थिए ।

    केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा बतासले दिएको जाहेरीका आधारमा मुद्धादर्ता भएर अदालती प्रक्रियाबाट पक्राउ पूर्जी जारी भएपछि ब्यूरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरी लाई पक्राउ गरेर काठमाण्डौं पठाएको थियो।

    केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले पत्रकार गिरीलाई आज सरकारी बकिल कार्यलय मार्फत काठमाण्डौ जिल्ला अदालतमा पेश गरेको थियो।अदालत पेश भएपछि पत्रकार गिरीको पक्षबाट अधिवक्ता स्वागत नेपाल लगायतको बहस पछि अदालतले रिहाई गर्न आदेश दिएको हो।

    यस अघि प्रेसकाउन्सीलका कर्मचारीको लापरवाहीका कारण पत्रिका र अनलाईन प्रेसकाउन्सीलमा दर्ता नभएको भनी पत्रकाटेपछि त्यसलाई आधार बनाएर ब्यवसायी बतासले साइवर क्राईममा मुद्धा दर्ता गराएका थिए।

    अदालतको आदेश पछि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सत्यको जित भएको बताएका छन्। उनले कसैले पैसा र शक्तीको आडमा पत्रकारलाई विभिन्न झुट्टा मुद्धा लगाएर फसाउ गरिएको दुस्प्रयास पराजित भएको बताए। ‘पत्रकारलाई पटकपटक फसाउन प्रयोग गरिदै आएको विद्युतिय कारोवारको ऐनको दफा ४७ र ४८ पूर्णरुपमा खारेजी हुनु पर्छ’ उनले भने। ‘यो ऐनको दफा ४७ र ४८ खारेजी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.