• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पत्रकार दानीमाथि प्रहरी दुव्र्यवहार,सर्वत्र भर्सना

  •    शुभेच्छा न्यूज संवाददाता  /७ बैशाख २०७६, शनिबार ०७:२६ ,  प्रकाशीत
  • पोखरा । पत्रकार अश्विन दानीलाई शनिबार बिहान प्रहरीले दुव्र्यवहार गरेको छ । पोखरा चिप्लेढुंगाको ट्रेडमल नजिक फेला परेको शंकास्पद वस्तु र आपपासको अवस्थाबारे रिपोर्टिङ गरिरहेका दानीमाथि प्रहरीले दुव्र्यवहार गरेको हो ।

    गण्डकन्युज डटकमका संवाददाता दानी अनलाइनको फेसबुक पेजबाट लाइभ गर्दै थिए । पत्रकार हुँ भन्दा भन्दै नियन्त्रणमा लिएर भ्यानमा राख्ने, मोबाइल खोज्ने प्रहरी हर्कतको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।

    नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रसविबज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा फिल्ड रिपोर्टिड. गरिरहेका पत्रकारले म गण्डक न्युजबाट भन्दा भन्दै दुर्वयबहार गर्नु र संचार सामाग्रि (मोबाइल सेट) फुटाइनुलाई महासंघले मिडिया माथिको नांगो हस्तक्षेपको रूपमा लिएको बताएका छन्।

    ‘घटनाको आवश्यक छानबिन गरि दोषी सुरक्षाकर्मी माथि कारबाही गर्न र उचित क्षतिपूर्तिको व्यबश्था मिलाउन महासंघ कास्की माग गर्दछ’ बिज्ञप्तिमा भनिएको छ। ‘साथै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्न र निर्वाधरूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वाताबरण निर्माणका लागि राज्य, स्थानिय प्रशासन, सुरक्षा निकाय र नागरिक समुदाय सम्पूर्णमा हार्दिक अपिल गर्दछौं।’

    यस्तै अनलाइन पत्रकार संघ गण्डकी पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा कास्कीमा पछिल्लो समय अनलाइन सञ्चारकर्मीमाथि सुजियोजित षड्यन्त्र त भएको छैन भन्दै विज्ञप्तिमा बारम्बारको हस्तक्षेत्र बन्द गरी पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.