• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नर्भिकको लापरवाही : देब्रे खुट्टामा समस्या, दाहिनेको अपरेशन

  •      /१२ फाल्गुन २०७४, शनिबार १२:२२ ,  प्रकाशीत
  • काठमाडौं, फागुन १२ । नर्भिक अन्तराष्ट्रिय अस्पतालले देब्रे घुँडामा समस्या भएर अस्पताल गएकी एक बिरामीको दाहिने घुँडाको अपरेशन गरेको छ । देब्रे घुँडामा समस्या भएर अस्पताल भर्ना भएकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको डा. प्रविण नेपालले दाहिने घुँडा चिरेका हुन् ।

    लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर बिहिबार नर्भिक अस्पताल आइपुगेका थिए । शुक्रबार पौडेलको घुँडाको शल्यक्रिया भयो । सल्यक्रियापछि आफन्त भेट्न जाँदा विन्दुको दाहिने घुँडा चिरेको देखेपछि आफन्त अन्यौलमा परे ।

    शुरुमा डाक्टर प्रविणले आफ्नो गल्ती स्विकार गर्नभन्दा ढाकछोप गर्नपट्टि लागेको आफन्तले बताए । तर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सबै रिपोर्ट र बिरामीको अवस्था हेरेपछि गल्ती भएको महसुस गरेका थिए ।

    बिरामीको गलत अपरेशन भएपछि अस्पतालले उपचारमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने लिखित सहमती गरेको छ ।

    शनिबार अस्पताल र पीडित पक्षबीच भएको चारबुँदे सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

    विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

    मकालु खबर

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.