• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्समा चुनावी सरगर्मी शुरु, नेतृत्वकालागि रस्साकस्सी कसलेमार्ला बाजी ?

  •    शुभेच्छा न्यूज संवाददाता  /१० बैशाख २०७६, मंगलवार ०७:२४ ,  प्रकाशीत
  • पोखरा /लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनको मिति नजिकिएसगै उम्मेद्धारहरुले आफ्नो चुनावी अभियानलाई तिब्र बनाएका छन् । बिशेष गरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि २ जना उम्मेद्धार बिच प्रतिश्पर्धा हुने भए पछि चुनावी अभियानले तिब्रता पाएको हो ।

    बिशेष गरी सबैको चासोको रुपमा डिष्ट्रिक्टको सेकेण्ड भाइस गभर्नर नै को हुने भन्ने रहेको छ । सेकेण्ड भाइस गभर्नर पदमा पोखराका ध्रुव श्रेष्ठ र विश्वेश्वर आचार्य चुनावी मैदानमा उत्रिएका छन् ।

    उम्मेद्धारद्धय श्रेष्ठ र आचार्यले आ–आफ्ना सहयोगिका साथमा चुनावी अभियानलाई तिब्रता दिईरहेका छन् । दुवैले लायन्स क्लब तथा लायन्स सदस्यहरुका बिचमा प्रचार प्रसार गरीरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव लगाएतमा पक्ष र बिपक्षमा बहस गर्दै चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

    सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका ध्रुव श्रेष्ठ ४२ वर्ष देखि लायन्समा प्रवेश गरेका हुन । डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ डिष्ट्रिक्ट एडभाइजर रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।

    यसै गरी सेकेण्ड भाइस गभर्नरका अर्का उम्मेदवार विश्वेश्वर आचार्य २० वर्ष अगाडि लायन्समा प्रवेश गरेका हुन । उनले लायन्सको क्याबिनेट सेक्रेटरी लगायत विभिन्न जिम्मेवारी बहन गरेका छन् । उनी लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पुर्व अध्यक्ष हुन् ।

    महाधिवेशनबाट आगामी बर्ष ०१९।२० को लागि डिष्ट्रिक गर्भनर पदमा वर्तमान प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका बन्ने छन ता पनि हलबाट एस भोट भने लिनु पर्ने हुन्छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहेने प्रावधान रहेको छ ।

    महाविधेशनको मिति नजिकिएसँगै क्लब तथा लायन्स लिडरहरु पनि पक्ष बिपक्षमा खुल्ने क्रम जारी रहेको छ । पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन, पूर्व डिष्ट्रिक्ट गर्भनर देखि डिष्ट्रिक्टका सबैजसो लायन लिडरहरु पक्ष बिपक्षमा खुलेर आ–आफ्नो पक्षका उमेद्धारलाई भोट मागेका छन् भने कतिपयले गोप्य रुपमा लविङ समेत गरिरहेका छन् । बर्षै पिच्छे भईरहेको दुई पक्ष बिचको चुनावले लायन्स भित्र बिभाजन ल्याएको स्पष्ट देखिएको छ ।

    चुनावका कारण नेतृत्वमा मात्रै होइन क्लबहरुमा नै यसको असर देखिएको छ । प्रायः क्लबमा रहेका सदस्यहरुकै बिचमा मतविभाजन मनमुटाव देखिएको पाईएको छ । बिशेष गरी चुनावका लागि प्रत्येक क्लबबाट १० जना सदस्य बराबर एक भोट १५ सदस्य बराबर २ भोट रहने व्यवस्था रहेको कारण प्रायजसो क्लबमा मताधिकार लिन रस्साकस्सी परेको स्वयं लायन्स सदस्यहरु बताउछन् ।

    चुनावका कारण लायन्समा पनि राजनीति हावी भयो भन्ने गुनासो पनि बढेको छ । निस्वार्थ भावले लायनवादमा लागेका सदस्यहरुमा पनि नैराश्यता छाएको पाईएको छ । अझैपनि पोखरेली लायन्सहरुको चाहना चुनाव भन्दा सहमती र समझदारीमा गएर नेतृत्व चुन्न पाइयोस भन्ने नै रहेको देखिन्छ ।

    नेपालको सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठुलो र फैलिदै गएको संस्थाको रुपमा लायनवाद रहेको पाईएको छ । बिगतका बर्षहरुदेखि नेपालमा लायनवादको बिकासको गति अत्यन्तै तिव्र रहेको छ । दुई वटा डिष्टिक्टबाट ४ वटा त्यस्तै लायन्स क्लब र सदस्य संख्यामा पनि निरन्तर बृद्धि रहेको छ । यो विस्तारबाट संगठन बिस्तारमा सघाउ अन्र्तराष्ट्रिय सहयोगमा बृद्धि असिमित संभावनाका ढोकाहरु र नेतृत्वमा थप अवसर सृजना हुन्छ ।

    अहिले डिष्टिक्ट ३२५ बी १ मा ११ हजार दुई सय बढी लायन्स सदस्य र ३ सय ६९ क्लब रहेका छन भने थपिने क्रम जारी छ । एउटा डिष्ट्रिक्ट बन्नलाई १ हजार २ सय ५० सदस्य ३५ वटा क्लब भए पुग्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.