• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीमामा खुल्ला चिडियाखाना बनाइदै

  •    शुभेच्छा न्यूज संवाददाता  /११ बैशाख २०७६, बुधबार १५:२८ ,  प्रकाशीत
  • पर्वत — पर्यटन प्रबर्द्धन  र नगर क्षेत्रको पहिचान झल्काउन फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ ।
    घना जंगल डहरे लेकमा खुल्लारूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो ।

    नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुल्ला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको हो । समुद्री सतहबाट २२ सय ५९ मिटरको उचाइमा रहेको डहरेदेउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले चालु वर्षदेखि नै वजेटको व्यवस्था गरिएको जनाएको छ ।

    नगरप्रमुख पदमपाणी शर्माका अनुसार यो अवधारणा मुलुकमै पहिलो हो । ‘तारबारले घेरिएका चिडियाखाना हामीले जहाँकहीं देखेका छौं,’ उनले भने, ‘वन्यजन्तुलाई खुल्लारूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना हाम्रो नयाँ अवधारणा हो ।’

    स्थानीय जंगलमा पाइने जनावरको संरक्षण गरी पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी व्यवस्था मिलाइने उनले बताए । डहरेमा दुईतर्फ चुच्चो परेका पहाडका टापुले यहाँको सौन्दर्यमा थप निखार ल्याएका छन् । करिब दुई सय मिटर अग्ला पहाडका दुईतर्फ आपसमा ठडिएका टापु पर्वतकै नमुना पहाड हुन् ।

    स्याङ्जाको केही भागसँग जोडिएको डहरेमा फलेबास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जंगल छ । डहरे लेकमा कालो भालु, चितुवा, मृग, ब्वाँसोलगायत जंगली जनावर पाइने स्थानीय बताउँछन् । त्यस्तै कालिज, लामपुच्छ्रे, लुइँचे, चित्रा, ढुकुरलगायत चराचुरुंगी पनि पाइन्छन् ।

    गुराँसले ढाकिएको यो क्षेत्रमा पुग्ने पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वनक्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरे देउराली मन्दिरको प्रवद्र्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।

    फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटिका निर्माणको काम सुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययनसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए ।

    खुल्ला चिडियाखानाअन्तर्गत डहरेको मुख्यमुख्य जंगलमा पदमार्ग बनाउने, ठाउँठाउँमा वन्यजन्तुका लागि पानीपोखरी निर्माण गर्ने योजना छ । त्योबाहेक पहाडको टुप्पामा भ्युटावर बनाएर दूरबिनबाट वन्यजन्तुको अवलोकनसँगै प्राकृतिक छटाको सहज अवलोकन गर्ने व्यवस्था गर्न थालिएको छ ।

    डहरे क्षेत्रमै पर्ने फलेबास– २ खुमगाउँका ५० घरमा होमस्टे सञ्चालन भइसकेको छ । मगर समुदायको बाहुल्य रहेको खुममा आन्तरिक पर्यटक बढिरहेका छन् । डहरे पुग्न नेपालकै पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदल यात्रा गर्नुपर्छ ।

    पर्वतको कार्कीनेटा हुँदै आउँदा कार्कीनेटासम्म गाडीको यात्रापछि १ घण्टा पदयात्रामा पनि पुग्न सकिन्छ ।
    lokantaronline

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.