नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपैंया संकलन अभियान गरेको छ । बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउंदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ रुपन्देहीले एक रुपैंया सहयोग अभियान चलाएको हो ।
अभियानका क्रममा संकलन भएको ६५५ रुपैंया आजै इलाका प्रशासन कार्यालय बुटवल मार्फत् प्रधानमन्त्री केपि शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको पुर्व केन्द्रिय सदस्य जमुना ढकालले बताइन् ।
नेविसंघले दिएको रकम बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका उपसचिब प्रकाशचन्द्र अधिकारीले जस्ताको तस्तै मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए । ‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान चलाएको हो ।

Related