• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘डि प्लस’ बिद्यार्थीको परिक्षा बिरुद्ध पोखरा बिश्व बिद्यालयका बिद्यार्थीद्धारा रिले अनशन शुरु

  •    शुभेच्छा न्यूज संवाददाता  /१६ बैशाख २०७६, सोमबार १३:३६ ,  प्रकाशीत
  • पोखरा । नियम बिपरित क्याम्पसले बिद्यार्थी भर्ना गरेको बिषयमा सर्वोच्च अदालतले गरेको आदेश बिरुद्ध पोखरा बिश्व बिद्यालयका बिद्यार्थीहरुले रिले अनसन शुरु गरेका छन्। तर, विश्वबिद्यालयले भने तोकिए बमोजिम नै आजबाट परिक्षा सञ्चालन गरेको छ।

    विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ९१ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा विद्यार्थीले प्रदर्शनसंगै रिले अनसन शुरु गरेका छन्। उनीहरुले परिक्षा सञ्चालन बिरुद्ध विश्वबिद्यालय परिषरमा रिले अनसन शुरु गरेका हुन्।

    अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थी प्रदर्शन सहित केन्द्रीय क्याम्पसका सबै विभागका कार्यालयमा तालाबन्दी गर्न खोज्दा आइतबार प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भएका थिए। मेहता अस्पतालमा उपचार गरि हिजै घर फर्किसकेका छन्।

    पोखरा बिश्व बिद्यालयका स्वबियू सभापति सुनिल तिमिल्सिनाले साबोच्च अदालतको आदेशलाई बिद्यार्थी संगठनहरुले स्वीकार गर्नु पर्ने बताए। ‘अदालतको आदेश हामीले स्कार गर्नु पर्छ’ उनले भने। ‘सरकार एवं प्रधान मन्त्रीले गरेका निर्णय त अदालतले रोक्न सक्छ। अदालतको आदेशलाई सरकारले पालना गर्छ भने बिद्यार्थीहरुले अदालतको आदेश मन्दैनौ भन्नुको कुनै तुक छैन।’

    सभापति तिमिल्सिनाले केही बिद्यार्थीसंगठनले परिक्षा रोक्न भन्दै आन्दोलन गरेपछि बिद्यार्थी संगठनका केन्द्रीय नृतृत्वले कुनै पनि हालतमा परिक्षा रोक्न नहुने निर्णय गरेको बताए।

    सोमबार पनि विद्यार्थी संगठनहरुले आन्दोलन जारीनै राखेका छन्। आन्दोलनमा सहभागी ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी नेताहरु सुस्मा गौतम, विकास रानाभाट, फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, राधव तिमिल्सिना, मदन साउद, अशोक तिवारी, सरोज शाह, प्रविण ओझा, असिम पौडेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका विद्यार्थीहरु तत्काल रिहाई हुनुपर्ने नेविसंघले माग गरेको छ ।

    परीक्षामा जाने विद्यार्थीलाई अवरोध गरेका कारण नियन्त्रणमा लिईएको कास्कीका एसपी ओम रानाले बताए । यस अधिपनि शुक्रबार प्रशासन कक्ष र परीक्षा नियन्त्रणको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४ विद्यार्थीलाई प्रहरीले ८ घन्टा नियन्त्रणमा लिइ छाडेको थियो।

    स्नातक तह व्यवस्थापन संकायमा भर्ना हुन न्यूनतम योग्यता ‘सि’ ग्रेड ल्याउनुपर्ने भएपनि ‘डि प्लस’ ग्रेड ल्याएका विद्यार्थीलाई रजिस्ट्रेशन लिई परीक्षामा सहभागि गराउन सर्वोच्च दिएको आदेश विरुद्ध विद्यार्थी आन्दोलित भएका छन्। ग्रेड विवादले विश्वविद्यालयको परीक्षा ३ पटकसम्म स्थगित भइसकेको छ।

    अवैधानिक रुपमा ग्रेड मापदण्ड नपुगेका विद्यार्थीको परीक्षा लिन नहुने र सम्बन्धन प्राप्त ४२ क्याम्पसलाई कारबाही गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको नेविसंघका बिश्वबिद्यालय इकाईका सचिब सचिन रानाभाटले जानकारी दिए।

    विद्यार्थीको परिक्षको ग्रेडको मापदण्डको विषयमा गतहप्ता विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले ‘डि प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्टे«सन नगर्ने निर्णय गरेको थियो।

    त्यस लगत्तै ग्रेडको वारेमा गरिएको निर्णय बिरुद्ध विद्यार्थी मन्दिप खड्का लगायतले विश्वविद्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
    खड्काको रिटमा सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले गएको १२ गते परीक्षाबाट विद्यार्थीलाई बञ्चित नगर्न आदेश गदिएको थियो।

    विश्वविद्यालयका रजिस्टार गोविन्द शर्माले सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने भएकोले ‘डि प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागि गराइएको जानकारी दिए। ‘आजबाट परिक्षा सञ्चालन गरिएको छ’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.