भारतमा माओवादी विद्रोहीले गराएको बम विस्फोटनमा बुधबार कम्तीमा १६ जना मारिएका छन्। विशेष सुरक्षा टोलीमा रहेका १५ जना र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दशकौँदेखि भारतमा भइरहेको माओवादी द्वन्द्वका कारणले भएका घटनामध्ये बुधवारको घटना पनि ठूलो घटना मानिएको प्रहरी अधिकारीको भनाइ छ।
सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ। चिनियाँ नेता माओ त तुङबाट प्रभावित विद्रोही र सुरक्षाकर्मीबीच भारतमा लामो समयदेखि भिडन्त र आक्रमणका घटना हुँदै आएका छन्।
भारतको महाराष्ट्र राज्यमा माओवादी विद्रोहीले केही सवारीसाधनमा आक्रमण गरेको सूचनाका आधारमा त्यसतर्फ जाँदै गर्दा उनीहरूले सुरक्षाकर्मीकै गाडीमा आक्रमण गरेको अधिकारीले जनाएका छन्।
महाराष्ट्रको गढचिरौलीमा घटना भएको हो। उक्त क्षेत्र माओवादी अतिप्रभावित क्षेत्र मानिन्छ। भारतका झारखण्ड, पश्चिम बंगाल, उडिसा, विहार, छत्तीसगढ, उत्तर प्रदेश, कर्णाटकलगायतका क्षेत्रमा पनि माओवादीको धेरै प्रभाव रहेको छ।

Related