नीति तथा कार्यक्रममा गण्डकी प्रदेश; पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल देखि फलाम खानी उत्खनन्
तपाईको प्रतिक्रिया





पोखरा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढाइएको पोखरा अन्तराष्ट्रिय बिमानस्थल सन २०२१ को शुरु देखि सञ्चालनमा आउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६÷०७७ को सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् ।डेढ बर्ष अघिबाट निर्माण प्रक्रिया थालिएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल चीन सरकारको सहुलियत पूर्ण ऋणमा सन् २०२१ भित्र सम्पन्न गर्ने योजना रहेको छ।
त्यसैगरी गण्डकी प्रदेश अन्तर्रगत पर्ने पर्वतको महाशिला गाउँपालिकामा रहेको फलाम खानी उत्खनन्मा ल्याउने उल्लेख गरेकी छन्।
Related