• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज आमाको मुख हेर्ने दिन, अर्थात मातातिर्थ अ‍ैंसी

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ बैशाख २०७६, शनिबार ०३:१२ ,  प्रकाशीत
  • आज आमाको मुख हेर्ने दिन, अर्थात मातातीर्थ औंसी। छोराछोरीले आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन्। हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ।

    आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ। हरेक आमा माया ममता र स्नेहकी खानी हुन्। त्यसैले आमालाई यस दिन मात्रै होइन ३६५ दिन नै माया ममता र स्नेह दिनुपर्नेमा शास्त्रका जानकारको जोड छ।

    आफ्नी जन्म दिने आमालाई श्रद्धा भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन्। यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ।

    पछिल्ला पिँढीलाई संसार देखाउने भएकाले आमाको महत्त्व धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढी छ। गलत बाटोमा लाग्न नदिन सुझाव दिने, सहयोग गर्ने, खुसीमा साथ दिने, दुःखमा पनि साथ दिएर त्यसबाट बाहिर निस्कन मद्दत गर्नेलगायतका काममा पछिल्लो समय आमाको भूमिका रहन्छ।

    तर पछिल्लो समय आफ्नी आमालाई तिरस्कार गर्ने, आमाको मूल्यलाई महत्त्व नदिने, घरबाट निस्कन बाध्य पार्नेलगायतका क्रियाकलाप पनि भइरहेका छन्।’ सडक पेटीमा भेटिने ज्येष्ठ नागरिकमा कति जना कसैका आमा पनि भेटिन्छन्। तर, उनीहरूका सन्तानले जानाजान या कोही अन्जानमा त्यहाँ पुगेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.