• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाबुराम र उपेन्द्रको पार्टी एकताको साहित जुर्यो

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ बैशाख २०७६, शनिबार १०:३४ ,  प्रकाशीत
  • जनकपुरधाम – संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच आगामी वैशाख २३ गते एकीकरणको घोषणा गर्ने सहमति भएको छ ।पार्टी एकीकरण हुने औपचारिक रुपमै सार्वजनिक गरिएपनि दुवै पार्टीबीच एकताको आधार र सहमतिबारे सार्वजनिक गरिएको छैन ।

    एकीकरण प्रक्रियामा सहभागी स्रोतका अनुसार एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बन्नेछ । पार्टीको नाममा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीको कुनै पनि अंश समावेश गरिएको छैन भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट ‘समाजवादी’ शब्द मात्रै टिपेर पार्टीको नामाकरण गरिएको छ ।

    पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको नयाँशक्ति पार्टीका केन्द्रीय प्रवक्ता प्रशान्त सिंहले लोकान्तरलाई बताए ।

    नेतृत्वको वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र उपप्रधानमन्त्री समेत रहेका यादव दोस्रो वरियतामा रहने छन् । उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी छन् भने डा. बाबुराम भट्टराई सरकारका आलोचक मानिन्छन् ।

    पार्टी एकताको सहमतिसँगै फोरमले वैशाख २८ गते गर्ने भनेको केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । अब दुवै पार्टीबीच एकता महाधिवेशन हुनेछ । हाललाई फोरम र नयाँशक्ति पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सबै यथावतै राखेर पार्टी एकीकरण गरिने प्रवक्ता सिंहले बताए ।

    पार्टीको नयाँ विधान बनाइने र चुनाव चिह्न ‘तारा’ राख्न निर्वाचन आयोगलाई आग्रह गरिने उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.